५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्छौँ : सभापति थापा



अ+ अ-

गण्डकी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने सङ्कल्प गर्नुभएको छ ।

नेपाली कांग्रेस कास्कीद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताउनुभयो ।

उक्त आयोगले २०४६ सालपछि प्रधानमन्त्री बन्नुुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्तिबाट नै छानबिन सुरु गर्ने बताउँदै उहाँले कसैलाई नछोडिने स्पष्ट पार्नुुभयो । उहाँले भन्नुभयो, “आफ्नो बा भए पनि छोड्दैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानबिन गर्छ ।”

मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रुपान्तरण ल्याउने गरी पार्टीले सरकार बनाएर काम गर्ने उहाँले जिकिर गर्नुुभयो । पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको र कुनै पनि द्वन्द्व अब नेपालले थेग्न नसक्ने बताउँदै उहाँले बढो जतनका साथ सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताउनुुभयो । गण्डकीमा परिणाम आउने गरी पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आवेग र उत्तेजनामा नभइ सोचेर मतदान गर्न आम मतदातासँग आग्रह गर्नुभयो । कांग्रेस बदलिएर परिवर्तनको सुरुवात गरेको बताउँदै उहाँले विशेष महाधिवेशनपछि नयाँ सोच र उत्साहका साथ पार्टी अघि बढेको बताउनुुभयो । प्रश्नहरू गरेर त्यसबाट सन्तुष्ट बन्दै कांग्रेसमा मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का उम्मेदवारहरू तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङले आआफ्ना चुनावी प्रतिबद्धतासहित भनाइ राख्नुभएको थियो ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सहसचिव एवं प्रवक्ता नवीन सिग्देल लगायतले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्पसहित आएको भन्दै कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतसहित विजयी गराउन आग्रह गर्नुभयो । रासस