१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु, सङ्ख्यामा सुधार आउँदै

कञ्चनपुरमा गिद्धको गुँड अनुगमन सुरु, सङ्ख्यामा सुधार आउँदै
अ अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गिद्धका गुँडको अनुगमन सुरु गरिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको अवस्था तथा गुँडको स्थितिबारे जानकारी लिन दोस्रो चरणको अनुगमन अघि बढाएको हो ।

निकुञ्जको तारापुर, हिरापुर तथा बाहिरी क्षेत्र लालझाडीलगायतका स्थानमा गुँड अनुगमनका लागि टोली परिचालन गरिएको सङ्घका वरिष्ठ चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो ।

हालसम्म अनुगमन गरिएका क्षेत्रमा गिद्धका गुँड सन्तोषजनक अवस्थामा रहेको पाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिममा गिद्धको पहिलो चरणको अनुगमन गत जनवरीमा गरिएको थियो ।

त्यस क्रममा १२० वटा गुँड अभिलेख भएका थिए । दोस्रो चरणको अनुगमनमा गुँडको सङ्ख्या बढेको पाइएको छ । गिद्धको सङ्ख्या पनि विगतका तुलनामा क्रमशः वृद्धि हुँदै गएको छ ।

कञ्चनपुरमा मुख्यतः डङगर गिद्ध, सानो खैरो गिद्ध, राज गिद्ध, सुन गिद्ध, हिमाली गिद्धलगायत प्रजाति पाइने गरेका छन् । तीमध्ये सानो खैरो गिद्ध अत्यन्त सङ्कटापन्न अवस्थाका मानिन्छन् भने अन्य केही प्रजाति सङ्कटापन्न वा जोखिमको अवस्थामा छन् ।

प्रकृतिको कुचिकारका रूपमा चिनिने गिद्धको संरक्षणका लागि बासस्थान सुधार, गुँड बनाउने रुखको संरक्षण तथा जनचेतना अभिवृद्धि गरिँदै आएको छ । गिद्धका लागि हानिकारक मानिएको डाइक्लोफेनाक औषधिको प्रयोग नियन्त्रण तथा पशु औषधि पसलको अनुगमनले पनि सकारात्मक प्रभाव पारेको जनाइएको छ ।

कञ्चनपुर र कैलालीमा अनुगमन सम्पन्न भएपछि बैतडी र डडेल्धुरामा पनि गिद्धका गुँडको अनुगमन गरिने कार्यक्रम रहेको छ । तेस्रो चरणको अनुगमन आगामी ‘मार्च’मा गरिने चराविज्ञ डगौराले जानकारी दिनुभयो । रासस