७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

पाकिस्तान–अफगानिस्तानबिच ‘खुला युद्ध’ घोषणा

पाकिस्तान–अफगानिस्तानबिच ‘खुला युद्ध’ घोषणा
अ+ अ-

काठमाडौँ । पछिल्लो हवाई आक्रमण र सीमापार झडपपछि पाकिस्तानले अफगानिस्तानसँगको द्वन्द्व अब ‘खुला युद्ध’ मा रूपान्तरित भएको घोषणा गरेको छ । पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले शुक्रबार बिहान सामाजिक सञ्जाल एक्समार्फत देशको ‘धैर्य समाप्त भएको’ जनाउँदै अब दुई देशबिच खुला युद्धको अवस्था सिर्जना भएको बताएका छन् ।

उनले नाटो सेना फिर्ता भएपछि पाकिस्तानले अफगानिस्तानमा शान्ति स्थापना हुने अपेक्षा गरेको तर तालिबान सरकारले त्यसको विपरीत बाटो रोजेको आरोप लगाए । तालिबानले अफगान जनताको कल्याण र क्षेत्रीय स्थिरतामा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिए पनि अफगानिस्तानलाई ‘भारतको उपनिवेश’ बनाइएको, विश्वभरका उग्रवादीलाई एकत्रित गरिएको र ‘आतङ्कवाद निर्यात’ सुरु गरिएको उनको दाबी थियो ।

“हाम्रो धैर्य अब समाप्त भएको छ । अब हामीबीच खुला युद्ध छ”, उनले उल्लेख गरे। उनका अभिव्यक्तिबारे अफगान सरकारी अधिकारीहरूको तत्काल कुनै प्रतिक्रिया आएको छैन ।रक्षामन्त्री आसिफको टिप्पणी पाकिस्तानले काबुल, कान्दाहार र पक्तिया प्रान्तमा हवाई आक्रमण गरेको केही घण्टापछि सार्वजनिक भएको हो । पाकिस्तानी अधिकारीहरू र अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार यी आक्रमणहरू अफगानिस्तानबाट भएको सीमापार आक्रमणको प्रत्युत्तरस्वरूप गरिएको दाबी गरिएको छ ।

केही महिनाअघि कतार र टर्कीको मध्यस्थतामा युद्धविराम भएको भए पनि पछिल्लो घटनाक्रमले तनाव पुनः चुलिएको देखिएको छ । दुवै देशले एकअर्कालाई ठूलो क्षति पुर्‍याएको दाबी गरेका छन् तर ती विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् । अफगानिस्तानको रक्षा मन्त्रालयले रातिको समयमा भएको कारबाहीमा ५५ पाकिस्तानी सैनिक मारिएको, केहीको शव अफगानिस्तानतर्फ लगिएको र ‘धेरैलाई जीवितै नियन्त्रणमा लिइएको’ जनाएको छ ।

मन्त्रालयका अनुसार आठ अफगान सैनिक मारिएका र ११ जना घाइते भएका छन् । १९ पाकिस्तानी चौकी र दुई आधार ध्वस्त पारिएको तथा बिहीबार सुरु भएको झडप करिब चार घण्टापछि मध्यरातमा रोकिएको दाबी गरिएको छ । यता पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले दुई पाकिस्तानी सैनिक मारिएको र तीन जना घाइते भएको जानकारी दिए।

प्रधानमन्त्री शाहबाज सरिफका प्रवक्ता मुशर्रफ अली जैदीले कुनै पनि पाकिस्तानी सैनिक पक्राउ परेको दाबी अस्वीकार गर्दै कम्तीमा १३३ अफगान लडाकू मारिएको र २०० भन्दा बढी घाइते भएको उल्लेख गरे । उनका अनुसार २७ अफगान चौकी ध्वस्त पारिएका र नौ जना लडाकूलाई नियन्त्रणमा लिइएको छ । हताहत कहाँ भएका भन्ने स्पष्ट नगरिए पनि काबुल, पक्तिया र कान्दाहारका सैन्य लक्ष्यमा आक्रमणबाट ठूलो क्षति पुगेको अनुमान गरिएको उनले जनाए ।

इस्लामाबादस्थित दुई वरिष्ठ सुरक्षा अधिकारीले केही सीमा चौकीमा अफगान सेनाले सेतो झण्डा उठाएको दाबी गरेका छन्, जसलाई सामान्यतः गोलीबारी रोक्ने सङ्केतका रूपमा लिइन्छ । नाम उल्लेख नगर्ने सर्तमा उनीहरूले पाकिस्तानी सेनाले अफगान तालिबानको ‘अप्रेरित आक्रमण’ को कडा जवाफ दिएको र सीमावर्ती क्षेत्रका महत्त्वपूर्ण तालिबान चौकीहरू ध्वस्त पारेको बताएका छन् ।

रक्षामन्त्री आसिफले तालिबान सरकारले महिलासहितका आधारभूत मानव अधिकारलाई इस्लाम अन्तर्गत प्रत्याभूत गरिएका अधिकारसमेत बेवास्ता गरेको आरोप पनि लगाए । यद्यपि त्यसबारे विस्तृत प्रमाण प्रस्तुत गरिएको छैन । पाकिस्तानले प्रत्यक्ष र मित्र राष्ट्रमार्फत स्थिरता कायम गर्न प्रयास गरेको तर पाकिस्तानलाई लक्षित गरी आक्रामकता बढेपछि आफ्ना सशस्त्र बलले ‘निर्णायक जवाफ’ दिएको उनको भनाइ थियो ।

तनाव बढेसँगै मानवीय असर पनि देखिन थालेको छ । पाकिस्तानका अधिकारीहरूले उत्तरपश्चिमी तोरखाम नाकाबाट फर्किन प्रतीक्षारत दर्जनौँ अफगान शरणार्थीलाई झडप फैलिएपछि सुरक्षित स्थानमा सारिएको बताएका छन् । पाकिस्तानले अक्टोबर २०२३ देखि कागजातविहीन आप्रवासीविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो । त्यसक्रममा धेरैलाई गिरफ्तारी र जबरजस्ती निष्कासनबाट जोगिन देश छाड्न आग्रह गरिएको थियो भने अरूलाई निष्कासन गरिएको थियो । इरानले पनि सोही समयमा आप्रवासीविरुद्ध कडाइ सुरु गरेको थियो ।

त्यसयता लाखौँ मानिसहरू सीमा पार गर्दै अफगानिस्तान फर्किएका छन् । तीमध्ये दशकौँअघि पाकिस्तानमा जन्मिएर त्यहीँ जीवन र व्यवसाय स्थापना गरेका व्यक्ति पनि समावेश छन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार गत वर्ष मात्र २९ लाख मानिस अफगानिस्तान फर्किएका थिए भने यस वर्ष अहिलेसम्म करिब ८० हजार जना फर्किसकेका छन् ।