६ श्रावण २०८३, बुधबार
,
Latest
धनुषा प्रहरीद्वारा एकै ४४ फरार प्रतिवादी पक्राउ जङ्गलबाट ११ वटा अवैध भरुवा बन्दुक बरामद संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाको शपथ दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कांग्रेसको आमसभा: प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुने भएसँगै पोखरामा आज नेपाली कांग्रेसले आमसभाको आयोजना गरेको छ।

पोखराको अमरसिंहचौरमा आयोजित आमसभालाई पार्टी सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्नुहुनेछ भन्ने जानकारी नेपाली कांग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले दिए । उनका अनुसार प्रदेशभित्रका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित नेता तथा कार्यकर्ता यस कार्यक्रममा सहभागी हुनेछन्।

प्रवक्ता सिग्देलले आमसभामार्फत कांग्रेसको नयाँ विचार, नीति, कार्यशैली र आगामी योजनाबारे जनतालाई प्रत्यक्ष सन्देश दिन लागिएको जानकारी दिए। निर्वाचन नजिकिँदै गएसँगै दलहरूले आफ्नो प्रचार-प्रसार तीव्र बनाएका छन्।