१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

पर्वतमा गाईभैँसीमा थुनेलो रोग परीक्षण सुरु, १५० पशु सङ्क्रमित

पर्वतमा गाईभैँसीमा थुनेलो रोग परीक्षण सुरु, १५० पशु सङ्क्रमित
अ अ+ अ-

काठमाडाैँ । पर्वत जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने थुनेलो रोगको परीक्षण सुरू गरेको छ।

व्यावसायिक प्रयोजनका लागि गाईभैँसीपालन गर्ने किसानको उत्पादनमा असर नपरोस् भनी जिल्लाका सातवटै पालिकामा थुनेलो परीक्षण तथा उपचार शिविर सञ्चालन गरिएको हो। कार्यालयले स्थानीय तहसँग सहकार्य गरी व्यावसायिक गाईभैँसीपालकको गोठमा पुगेको र रोग परीक्षणसहित आवश्यक औषधि उपलब्ध गराएको प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए।

विहादी, पैँयू, मोदी, जलजला गाउँपालिकाका विभिन्न वडामा गरिएको स्वास्थ्य परीक्षणमा जिल्लाका चार स्थानीय तहका ५०० गाईभैँसी परीक्षणमा राखिएका थिए। परीक्षणमा १५० गाईभैँसीमा थुनेलो रोगको सङ्क्रमण भेटिएको कार्यालयले जनाएको छ।

थुनेलो परीक्षणका साथै गाईबस्तुको गर्भ परीक्षण, कृत्रिम गर्भाधानमा देखिएका समस्या समाधान, र आवश्यक औषधि उपचार गोठमै प्राविधिकले गरेका छन्। रोग लागेका पशुका लागि औषधि निःशुल्क उपलब्ध गराइएको छ। यसरी स्थलगत सेवा पाउँदा किसानहरूले ठूलो राहत महसुस गरेको प्रतिक्रिया दिएका छन्।

जलजला–८ फर्सेका भक्तबहादुर केसीले भने, “पहिले यस्ता रोग लाग्दा उपचार नपाएर भैँसी मासुका लागि बेच्नु पर्ने हुन्थ्यो, अहिले गोठमै सेवा पाएपछि निकै फाइदा भएको छ।”

कार्यालयले दोस्रो चरणको अभियानअन्तर्गत फलेवास नगरपालिका र कुश्मा नगरपालिकाका व्यावसायिक किसान तथा फार्ममा पुगेर गाईबस्तुको उपचार गर्ने योजना रहेको जनाएको छ। हरेक वर्ष दुई चरणमा गाईभैँसी तथा बाख्राको स्वास्थ्य परीक्षण गर्ने परम्परा रहेको छ। पर्वतमा यसअघि सबै पशुलाई पूर्ण खोप लगाइसकिएको कार्यालयले जानकारी दिएको छ।