१७ श्रावण २०८३, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जलि राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात गोठाटारमा भीषण आगलागी, १४ पसल जले सप्तरीमा कर्फ्यू खुकुलो, बिहान ७ देखि ११ बजेसम्म बजार खुला मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान शिखरभन्दा माथि: साहस, समर्पण र अमरताको आरोहण विभिन्न व्यक्तित्वलाई ‘ठाँटी मिडिया सम्मान’ प्रदान करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहज जित, सेमिफाइनल सम्भावना कायमै



अ+ अ-

काठमाडौँ।  आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर एट समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित निकालेको छ ।

खेलमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो । पराजित भएसँगै जिम्बाबे एक खेलअगावै विश्वकपबाट बाहिरिएको छ । भारतले दिएको २ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रनमा समेटियो ।

ब्रायन बेनेटले अविजित ९७ रन बनाए पनि जबाफमा आएको जिम्बावेले ६ विकेट गुमाई १ सय ८४ रनमात्र बनाउन सक्यो । बेनेटले ५९ बल खेलि ८ चौका र ६ छक्का प्रहार गरे । कप्तान सिकन्दर राजाले २१ बल खेलि समान २ चौका र छक्काका साथ ३१ तथा टाडिवानासे मारुमानीले २० रन जोडे ।

भारतका अर्शदिप सिंहले ३ विकेट लिए । उनले ४ ओभरमा २४ रनमात्र खर्चेका थिए । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम दुबेले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ५६ रनको विशाल योगफल खडा गरेको थियो । अभिषेक शर्माले ३० बलमा ५५ रन बनाए भने हार्दिक पान्ड्याले २३ बलमा अविजित ५० रन बनाए । तिलक वर्माले १६ बलमा अविजित ४४ रन बनाए । इशान किशनले ३८, सूर्यकुमार यादवले ३३ तथा सन्जु सामसनले २४ रन बनाए ।

जिम्बाबेका लागि रिचर्ड एनगरभा, सिकन्दर राजा, ब्लेसिङ मुजाराबानी र तिनोतेन्दा मापोसाले १–१ विकेट लिए ।