२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु



अ+ अ-

नाइजेरिया। उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुई वटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उदृत गर्दै एएफपीले बिहीबार जनाएको छ ।

क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरहरूमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीहरूलाई दिइएको छ जसका लडाकुहरू सन् २००९ देखि हिंसात्मक विद्रोह सहित यस क्षेत्रमा सक्रिय छन् ।

आक्रमणकारीहरूले बजार लुटेर खानेकुरा र मोटरसाइकल चोरी गरेको समेत स्रोतले जनाएको छ ।

छिमेकी होङमा तीन सैनिकसहित अन्य चार जनाको मृत्यु भएको जनाइएको छ ।

गभर्नर आदामु उमारु फिन्टिरीले विज्ञप्ति जारी गर्दै आधिकारिक आक्रमणको निन्दा गर्नु भएको छ ।

विज्ञप्तिमा अपराधीहरूलाई चेतावनी दिदै आक्रमणबाट टाढा रहन आग्रह गर्दै आक्रमणको पूर्ण सामना गर्नु पर्ने जनाइको छ ।

सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोह, मुख्यतया बोको हराम र यसको प्रतिद्वन्द्वी गुट, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) को नेतृत्वमा देशमा ४० हजार भन्दा बढी मानिस मारिएका छन् भने २० लाख विस्थापित भएका छन् ।

द्वन्द्व छिमेकी नाइजर, चाड र क्यामरुन सम्म फैलिएको छ, भने यी समूहहरूसँग लड्न क्षेत्रीय सैन्य गठबन्धन गठन गरिएको छ ।