१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

‘मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने’

‘मत सर्वेक्षण ‘लाइभ’ गर्ने अनलाइनलाई कारबाही गरिने’
अ अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले मत सर्वेक्षण ‘लाइभ’मा संलग्न ११ अनलाइनलाई बन्द गर्न निर्देशन दिएको छ ।

आयोगले यही फागुन २१ गते हुन लागेको मत सर्वेक्षण गर्न नपाउने आचारसंहिताविपरीत मत सर्वेक्षणको लाइभ गरेको भन्दै ती अनलाइनलाई कारबाही गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको आयोगका सहप्रवक्ता सीता पुनले बताउनुभयो ।

निर्वाचन आयोगको सहकार्यमा पत्रकार महिलाका लागि आयोजित ‘निर्वाचन समाचार र आचारसंहितासम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले भन्नुभयो, “अन्य देशको तुलनामा नेपालको परिवेश फरक छ, मतदातालाई आफैँलाई जनप्रतिनिधि चुन्ने अधिकार दिनुपर्छ”, उहाँले भन्नुभयो, “मतदातलाई अनावश्यक प्रभाव पार्नबाट रोक्नुपर्छ, मत सर्वेक्षणले मतदातालाई एउटा ह्वीममा लैजान्छ भनेर आचारसंहिताले बाँध्नुपरेको हो ।”

निर्वाचन आयोग ऐन, २०७३ दफा २३ का अनुसार निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा रु एक लाख जरिवाना र उम्मेदवारी रद्द हुनेछ । सहप्रवक्ता पुनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर गत माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । यही फागुन १८ गते राति १२ बजेदेखि सुरु हुने मौन अवधिका सञ्चार तथा सामाजिक सञ्जाल कुनै माध्यमबाट प्रचारमूलक सामग्री प्रकाशन÷प्रसारण गर्न पाइने छैन । निर्वाचनका लागि आयोगले चार हजार ३०० पर्यवेक्षक निर्वाचन क्षेत्रहरुमा खटिरहेको आयोगले जनाएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले ‘निर्वाचनमा पत्रकार आचारसंहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्दै निर्वाचनमा समाचार सामग्री तयार गर्दा पत्रकार आचारसंहिताको ध्यान दिनुपर्ने र गोपनियताको सम्मान गरेर उच्च व्यावसायिक अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले समाचार तयार गर्दा क्षेत्र, लिङ्ग, भाषा, संस्कृति कसैलाई असर नपर्ने गरी समाचार तयार गर्नुपर्ने सूचना निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुनेमा जोड दिनुभयो । रासस