१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

टी–२० विश्वकप : ‘सुपर ८’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

टी–२० विश्वकप : ‘सुपर ८’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा
अ अ+ अ-

काठमाडौँ। आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।

आज भएको ‘सुपर ८’को खेलमा वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान तथा ओपनर एडिन मक्रमले नटआउट ८२ रन र रयान रिकेल्टनले नटआउट ४५ रन बनाए। मक्रमले ४६ बल खेलेर ७ चौका र ४ छक्का तथा रिकेल्टनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

वेस्ट इन्डिजका लागि रोस्टन चेसले एक विकेट लिए।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले अर्धशतक पारी खेले । उनले ५२ रन बनाउँदा जेसन होल्डरले ४९ रन जोडे । उनीहरूले आठौँ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । उक्त साझेदारीले वेस्ट इन्डिजले प्रतिस्पर्धात्मक स्कोर बनायो ।

ओपनरद्वय ब्रान्डन किङले २१ रन बनाउँदा कप्तान शाई होप १६ रनमै आउट भए । विस्फोटक ब्याटर शिमरोन हेटमायर भने २ रनमै आउट हुन पुगे ।  शेर्फेन रदरफोर्डले १२ रन बनाउँदा म्याथ्यु फोर्डले ११ रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी एनगिडीले तीन, कागिसो रबाडा र कोर्बीन बोसले दुई–दुई विकेट लिए ।