१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी

उद्योग तथा बजार अनुगमन नियमित हुन्छः महानिर्देशक जोशी
अ अ+ अ-

काठमाडौँ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्यले उद्योग तथा बजार अनुगमन नियमित भइरहेको बताउनुभएको छ ।

विभागमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उहाँले विभागको अनुगमन र निरीक्षण अब केवल दशैँ–तिहार वा कुनै विशेष चाडपर्वमा मात्रै सिमित नहुने बताउनुभएको हो ।

उहाँले विभागले समयअनुसार बजार अनुगमन गर्ने जानकारी दिनुभयो । उहाँकाअनुसार विभागले यसअघि मुख्यतया आयातित खाद्य सामग्रीमा ध्यान केन्द्रित गरेको थियो भने हाल दुध, पानी र विभिन्न खाद्य उत्पादनहरूमा निगरानी बढाएको छ । उहाँले होटलहरूको निरीक्षणमा पनि विशेष ध्यान दिएको जानकारी दिनुभयो ।

उहाँले विभागले मौलिक उत्पादनहरुको स्तर निर्धारणको काममा पनि विशेष महत्व दिएर अगाडी बढाएको जानकारी दिनुभयो । परम्परागत खाद्य उत्पादनहरूलाई संसारभर प्रवर्धन गर्नको लागि पनि स्तर निर्धारण आवश्यक रहेको उहाँको भनाई छ ।

परम्परागत तथा मौलिक खाद्य पदार्थहरुको व्यवसायिक उत्पादन भइरहेकोले यसको मापदण्ड निर्धारण गर्नु विभागको जिम्मेवारी भएको उहाँले बताउनु भयो ।

उहाँले गुन्द्रुक, मस्यौरा जस्ता परम्परागत खाद्य पदार्थहरूको मापदण्ड तय गरेको र बाँकी रहेका उत्पादनहरूको मापदण्ड पनि निर्धारण गर्दै जाने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अनुगमन निरीक्षणलाई दशैँतिहारमा मात्रै गर्ने, अथवा कुनै चाडपर्व आयो, वा कुनै घटना भइसकेपछि मात्रै गर्ने होईन, यसलाई नियमित रुपमा हामी जान्छौँ । विभागले समयअनुसार फोकस गरेर बजार अनुगमन गर्छ ।

यसअघि आयातमा फोकस गरेका थियौँ भने अब हामी दुध पानी, खाध्य उत्पादनमा हामीले ध्यान दिइरहेका छौँ । त्यसैगरी होटलहरुको निरीक्षणमा पनि हामीले ध्यान दिएका छौँ । साथै हामीले स्तर निर्धारणको कामलाई पनि जोड दिएका छौँ ।

हाम्रा कतिपय परम्परागत फुड प्रोडक्टहरुलाई विश्वको सामु चिनाउन पनि जरुरी छ । यसको व्यवसायिक उत्पादन भइरहेको अवस्थामा यसको मापदण्ड हामीले निर्धारण गर्न आवश्यक छ । गुन्द्रुक, मस्यौरा जस्ता हाम्रा परम्परागत खाद्य पदार्थहरुको मापदण्ड हामीले तय गरेका छौँ र बाँकी रहेकाहरुको बनाउँदै जानेछौँ ।

जिल्लाका विभिन्न डिभिजन कार्यलयहरुले संयुक्त वा एकल अनुमगन गरिराख्नुभएको छ । उहाँहरुले उद्योगमा जाने, बजार अनुगमन गर्ने, जफत तथा नष्ट गर्ने, रिकल गर्ने जस्ता कार्य पनि भईरहेको छ ।’

उहाँकाअनुसार जिल्लाका विभिन्न डिभिजन कार्यलयहरूले संयुक्त वा एकल रूपमा बजार तथा उद्योगहरुको अनुगमन गर्दै आएका छन् । अनुगमन अन्तर्गत उद्योग भ्रमण, बजार निरीक्षण, जफत तथा नष्ट गर्ने, रिकल गर्ने जस्ता गतिविधिहरू भईरहेको उहाँले जानकारी दिनुभयो । – न्युज एजेन्सी नेपाल