२४ भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलाञ्चलका गाउँगाउँमा जोगिरा सररर…



अ+ अ-

काठमाडाैँ । होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको होलीको गीत) गाउन सुरु भएको छ । महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँ टोलसहित सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु गरिएको हो ।

होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँटोलका युवा, वृद्धा र वयस्कहरूको छुट्टाछुट्टै टोली आ–आफ्ना समूहमा विभिन्न प्रकारका जोगिरा गाउने परम्पराअनुसार यस वर्ष जोगिराबाट मनोरञ्जनसहित परम्परा संरक्षण गर्न थालिएको जलेश्वर नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका होलैया (जोगिरा गाउने) रामछविला यादवले बताए ।

विभिन्न प्रकारका लोकभाका, गीत, चुटकिला, हाँसोठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर मिथिलावासीले जोगिरा गाउन थालेका बताउँदै यसले मौलिक परम्परा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जलेश्वर-२ का विनोद मण्डलले बताए । होलीको अवसर पारेर जोगिरा गाउनका लागि युवाहरू देशविदेशबाट आ–आफ्ना गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि मनोरञ्जन प्रदान गर्न थालेको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया नवीन मिश्रले बताए।

जलेश्वर–९ का होलैया जीतेन्द्र सिंहले भने,“आफूहरू जोगिरा गाउनका लागि अहिले रातिको बेला घरघरबाट समूहमा जम्मा भएर परम्परा संरक्षण र पुस्तान्तरणमा जुटेका छौँ ।” जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुरसम्बन्ध निर्माण गर्ने भएकाले रातिको बेला गाउँका चोकचोकमा समूहमा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर– ८ का होलैया रामबाबु चौधरीले बताए । महोत्तरीसहित नेपाल र भारतका क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा सुरु भएको जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाउने परम्परा छ ।