२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षा कडा, पोखराका नाकामा तालिमप्राप्त कुकुरसहित जाँच News Polar कांग्रेस सभापतिका उम्मेदवार गगन थापाद्वारा मतदातासँग मत माग्दै, स्वेच्छाले मतदान गर्न आग्रह News Polar पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते News Polar शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म News Polar कांग्रेसको १५ औँ महाधिवेशन: ३ बजेसम्म मतदान, आजै मतगणता थाल्ने News Polar ‘लमजुङ दरबार’सँगै बाँचेको माया News Polar डोको बुन्दै, सीप सिकाउँदै News Polar तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर News Polar कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने News Polar व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै News Polar माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन News Polar देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह News Polar बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर News Polar कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक पुनर्निर्माण हुँदै News Polar मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण News Polar कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा यातायात सञ्चालनमा चुनौती News Polar सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे News Polar सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

मिथिलाञ्चलका गाउँगाउँमा जोगिरा सररर…

मिथिलाञ्चलका गाउँगाउँमा जोगिरा सररर…
अ अ+ अ-

काठमाडाैँ । होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको होलीको गीत) गाउन सुरु भएको छ । महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका प्रत्येक गाउँ टोलसहित सम्पूर्ण मिथिलाञ्चलमा प्रत्येक राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलयायत बाजागाजाका साथ जोगिरा गाउन सुरु गरिएको हो ।

होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँटोलका युवा, वृद्धा र वयस्कहरूको छुट्टाछुट्टै टोली आ–आफ्ना समूहमा विभिन्न प्रकारका जोगिरा गाउने परम्पराअनुसार यस वर्ष जोगिराबाट मनोरञ्जनसहित परम्परा संरक्षण गर्न थालिएको जलेश्वर नगरपालिका–७ का वडाध्यक्षसमेत रहनुभएका होलैया (जोगिरा गाउने) रामछविला यादवले बताए ।

विभिन्न प्रकारका लोकभाका, गीत, चुटकिला, हाँसोठट्टा र जिस्काउने तीतामिठा वाक्य र शब्दलाई लयमा ढालेर मिथिलावासीले जोगिरा गाउन थालेका बताउँदै यसले मौलिक परम्परा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जलेश्वर-२ का विनोद मण्डलले बताए । होलीको अवसर पारेर जोगिरा गाउनका लागि युवाहरू देशविदेशबाट आ–आफ्ना गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि मनोरञ्जन प्रदान गर्न थालेको पिपरा गाउँपालिका–७ का सञ्चारकर्मी एवं होलैया नवीन मिश्रले बताए।

जलेश्वर–९ का होलैया जीतेन्द्र सिंहले भने,“आफूहरू जोगिरा गाउनका लागि अहिले रातिको बेला घरघरबाट समूहमा जम्मा भएर परम्परा संरक्षण र पुस्तान्तरणमा जुटेका छौँ ।” जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुरसम्बन्ध निर्माण गर्ने भएकाले रातिको बेला गाउँका चोकचोकमा समूहमा भेला भएर जोगिरा गाउने गरेको जलेश्वर– ८ का होलैया रामबाबु चौधरीले बताए । महोत्तरीसहित नेपाल र भारतका क्षेत्रमा पर्ने सम्पूर्ण मिथिलाञ्चलका गाउँगाउँमा सुरु भएको जोगिरा गायन होली पर्वको एकदिन पहिलेको रातिसम्म गाउने परम्परा छ ।