• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिका र मानसिक उपचार सेवा शुरु



तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा बालबालिका र मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । ती सेवाका लागि विशेषज्ञ चिकित्सक प्रतिष्ठानमा आउनुभएपछि सेवा शुरु गरिएको शाखा अधिकृत झंकार लामिछानेले जानकारी दिए । बरिष्ठ बालरोग विशेषज्ञ डा नेत्रप्रसाद वञ्जाडेले यहाँ सेवादिन थालेका छन् । प्रतिष्ठानले कन्सल्टेन्ट फिजिसियन र बालरोग विशेषज्ञ थप्ने तयारी गरेको छ ।

अधिकृत लामिछानेले अहिले पाँच जना विशेषज्ञ चिकित्सक थप गरेको जानकारी दिए । मानसिक रोग उपचार सेवासमेत प्रतिष्ठानले शुरु गरेको छ । सघन उपचार कक्ष र थप विशेषज्ञ सेवा थप्ने गरी प्रक्रिया अघि बढाएको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए। विगतको तुलनामा यहाँ बिरामीको सङ्ख्या बढेको छ ।

प्रतिष्ठानले पछिल्लो समय दाँत उपचार सेवाका लागि आधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएको थियो । अब जटिल प्रकारको शल्यक्रिया गर्न समेत जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । प्याथोलोजि सेवा, दिसापिसाब र रगत परीक्षण पनि प्रतिष्ठानमै परीक्षण हुने गरेका र प्रसूति सेवामा थप एक जना विशेषज्ञ थप भएको उनले जानकारी दिए । प्रतिष्ठानमा रु दुई करोड बजेटसमेत विनियोजन भएको छ ।