१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

‘अङ्ग परिवर्तनपछिको जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’

‘अङ्ग परिवर्तनपछिको  जटिलतालाई सम्बोधन गर्न माग अलग नीति चाहियो’
अ अ+ अ-

काठमाडौँ। अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरुलाई सम्बोधन गर्न छुट्टै नीति, ऐन तथा कार्यक्रमको आवश्यकता आँैल्याइएको छ ।

विशेषगरी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय भित्रका यौन अङ्ग परिवर्तन गरेका तथा यस्तो चाहना राखेकाहरुले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतका स्वास्थ्य प्रदायक निकायबाट प्रदान गरिने स्वास्थ्य सेवामा यौन अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरु सम्बोधन नभएको गुनासो गर्दै अलग नीति, ऐन तथा कार्यक्रमका माग गरेका हुन् ।

नेपाल परिवार नियोजन सङ्घद्वारा नीलहीरा समाजसँगका सहकार्यमा बुधबार सङ्घको केन्द्रीय कार्यालय पुल्चोकमा आयोजित ‘हाम्रो समुदाय, हाम्रो उत्तरदायित्व’ विषयक कार्यक्रमका सहभागीले सरकारी स्वास्थ्य संस्थामा अलग ‘हर्माेनल क्लिनिक’ जरुरी रहेको बताएका हुन् । हाल ‘ट्रान्स जेण्डर’कति छन् भन्ने एकीन तथ्याङ्क छैन ।

उहाँहरुले भन्नुभयो, “सरकारी अस्पतालमा ‘हर्माेनल क्लिनिक’को सुबिधा भएमा यौन अङ्ग परिवर्तनपछिको आउने स्वास्थ्य समस्याको जोखिम कम हुने थियो । ‘हर्माेनल ब्यालेन्स’ नहुँदा ‘एञ्जाइटी’ हुने गर्दछ । कहिलेकाहीँ ‘इन्फेक्सन’समेत हुने गर्दछ । यस्ता समस्यालाई सम्बोधन गर्न ‘हर्माेनल क्लिनिक’ आवश्यक छ । ‘हर्माेन ब्यालेन्स’ गर्ने औषधि निःशुल्क हुनुपर्दछ ।”

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायभित्रका विशेषगरी यौन अङ्ग परिवर्तन गरेका समूहहरुको अङ्ग परिवर्तन गरिसकेपछि देखापर्ने समस्या, सङ्क्रमण व्यवस्थापन र जटिलताहरुलाई कसरी सम्बोधन गर्ने भन्ने ध्येयले सो कार्यशाला आयोजना गरिएको सङ्घले जनाएको छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहालले सुरक्षित मातृत्व तथा प्रजनन स्वानस्थ्य ऐनमा सबै व्यक्तिहरुका लागि प्रजनन स्वास्थ्य सेवाको प्रावधान राखिएको चर्चा गर्दै ऐनले कसैलाई विभेद नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको माग ‘हर्मोनल’ सेवा हो, जुन तत्काल नीति नियम नबनाई सञ्चालन गर्ने अवस्था छैन, कुन तहको अस्पताल वा सेवाकेन्द्रमा कसरी सेवा सञ्चालन गर्ने भनेर नियमावलीले बोल्नुपर्छ । यसका लागि समुदायबाट ‘एड्भोकेसी’ पुगेको छैन । नीतिनिर्माण गर्ने तहमा तपाईँहरुबाट सचेतना, वकालत आवश्यक छ । यसमा सरकारको सधँै साथ र सहयोग रहने नै छ । साथै यो समुदायभित्रै दुई धार छ । तपाईँहरु मिलेर आउनुस् । एउटा समूह एउटा मुद्दाको पक्षमा हुन्छ अर्कोे समूह विपक्ष । यसबाट सरकारलाई काम गर्न असहज हुन्छ र मिलेर आए समस्या पनि सहज हुन्छ ।”

परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख दाहाले आफूले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका समस्यालाई गहिरोसँग बुझेको जानकारी दिँदै स्वास्थ्य र अधिकारको संरक्षणका लागि सधैँ काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“‘हर्मोनल’ सेवा सञ्चालन तत्काल गर्न नसकिए पनि अङ्ग परिवर्तन पछिको सङ्क्रमण र जटिलताहरु सम्बोधन गर्न के गर्न सकिन्छ भनेर परिवार नियोजन सङ्घसँग बसेर थप छलफल भने अवश्य गर्नेछौँ ।”

कार्यक्रममा नेपाल परिवार नियोजन सङ्घका कार्यकारी निर्देशक डा प्रवीण शाक्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका आ–आफ्ना स्वास्थ्य समस्या रहेको चर्चा गर्दै सङ्घको क्षमताले भ्याएसम्म सहयोग गर्दै आएको, आगामी दिनमा गर्ने र यस्ता सहयोग गर्नु हाम्रो दायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर कतिपय विषयमा स्पष्ट नीति नियमहरु नहँुदा कार्यक्रम सञ्चालनमा व्यवधानहरु आउँछन्, यीनै विभिन्न कारणले सङ्घले ‘हर्मोन क्लिनिक’ सेवालाई सुचारु गर्न सकेन ।”

कार्यकारी निर्देशक डा शाक्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरुको मुद्दा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृति र प्राविधिकलगायतका साझा मुद्दा रहेको उल्लेख गर्दै यसलाई नीतिगत रुपमै सम्बोधन गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो “नीलहीरा समाज र सहभागीहरुलाई समस्या भोगिरहेका र समाजमा खुलिसकेका सहभागीलाई आफ्ना व्यक्तिगत व्यथाहरुलाई तथ्याङ्कसहित सन्देशमूलक रुपमा प्रस्तुत गर्दा अझ बढी संवेदनशील हुनसक्ने भनेर सो अनुसार तयारी गरेर सरकारसँग र नीति निर्माण तहमा वकालत गर्न अनुरोध गर्दछु । तथ्याङ्क र व्यक्तिगत कथाहरुलाई दरिलो रुपमा प्रस्तुत गर्न सकेका कारण गर्भपतनको कानुनले मान्यता प्राप्त गर्न सकेको उदाहरणलाई प्रस्तुत गर्दे सहभागीहरुलाई आफ्ना अधिकारका क्षेत्रमा थप वकालत गर्दछु ।”

कार्यक्रममा नीलहीरा समाजका प्रमुख मनिषा ढकालले अङ्ग परिवर्तनपछि समस्या, सङ्क्रमण र जटिलताहरु आउने र यस्ता समस्या लिएर अस्पताल जाँदा विभेद हुने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “ अङ्ग परिवर्तन गरिसकेपछि समस्या, सङ्क्रमण र जटिलताह देखापर्छ तब हामी सेवाका लागि अस्पताल वा सेवाकेन्द्र जाँदा लाञ्छना र भेद्भावहरु सहनुपर्छ ।

हामी तपाइहरुकै नागरिक हौँ नागरिककै रुपमा सम्मान र सेवाको अपेक्षा गर्छौं । एउटा महिला वा पुरुषले खुलारुपमा अनुहारको वा शरीरको रौ हटाउने सेवा लिँदा कुनै लाञ्छना र भेद्भावहरु हुन्न तर हाम्रो समुदायले त्यही सेवा लिँदा प्रश्न उठ्छ, र भेद्भाव हुन्छ । तपाइँहरुकै नागरिक हौँ सेवामा भेद्भाव र हेयभाव नगरियोस् ।”

कार्यक्रममा सहभागीले खुलेर आफ्ना भोगााइ प्रस्तुत गर्दै सेवाका लागि विदेश जानुपर्ने बाध्यता रहेको, यसका लागि आर्थिक समस्या रहेको भनाइ प्रस्तुत गरेका थिए । साथै ‘हर्मोन’ खाँदा समस्या होइन, चिकित्सकको ‘प्रेसिप्सन’ विना खाँदा समस्या भएको जनाउँदै यसका बारेमा सरकारले बुझ्न आवश्यक रहेको अनुरोध गरेका थिए ।

सहभागीहरुले भन्नुभयो, “ऐनामा हेर्दा घृणा हुन्छ, स्वयं आफूसँग, आत्मा र शरीर हेर्दा नमिलेको देख्दा, हामी मरे तुल्य भएर बाँचेका छौँ, हामी देशको नागरिक हाँै, अन्यसरह गर्वले बाँच्ने मन छ । ”

कार्यशालाको अन्तिममा सहभागीहरुले समूह कार्यबाट आएका महत्वपूर्ण मुद्दाहरुलाई उजागर गर्दै परिवार नियोजन सङ्घको अगुवाइमा परिवार कल्याण महाशाखामा चाँडै विस्तृत प्रतिवेदन बुझाउने निर्णय गरेका सङ्घले जनाएको छ । रासस