२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८४  पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २५  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस