१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘कुष्ठसम्बन्धी समस्या निवारण गर्न सचेतना अपरिहार्य’

‘कुष्ठसम्बन्धी समस्या निवारण गर्न सचेतना अपरिहार्य’
अ अ+ अ-

काठमाडौँ। न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले नेपालबाट कुष्ठसम्बन्धी समस्या निवारण गर्न सामाजिक सचेतना अपरिहार्य रहेको बताउनुभएको छ ।

नेपाल कानुन समाजद्वारा आज आयोजित ‘नेपालमा कुष्ठ प्रभावित व्यक्तिको अधिकार तथा भावी रणनीति’ विषयक अन्तरक्रियामा उहाँले उपचारबाट कुष्ठसम्बन्धी समस्या निवारण गर्न सकिनेबारे सचेतना फैलाउनुपर्ने बताउनुभयो ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले कुष्ठ प्रभावित व्यक्तिको हकअधिकार स्थापित गर्न तथा यससम्बन्धी समस्या निवारणका लागि आवश्यक कानुन निर्माण र मौजुदा कानुनमा सुधार तथा रणनीतिक योजना ल्याउन सरोकारवालालाई आग्रह गर्नुभयो ।

पूर्वमुख्यसचिव एकनारायण अर्यालले कुष्ठसम्बन्धी समस्या गरिबी र कुपोषणका कारण सिर्जित हुने विभिन्न अध्ययनले देखाएको जनाउँदै त्यस क्षेत्रमा राज्यले हस्तक्षेप गर्नुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले कुष्ठ प्रभावित समस्या निवारणका लागि शीघ्र पहिचान र उपचारमा लाग्नुपर्ने बताउनुभयो ।

कानुन मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले कुष्ठ प्रभावित नागरिकलाई कानुनले गरेको विभेद अन्त्य गर्न मन्त्रालयले प्रयासरत रहेको बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य विभागअन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा रवीन्द्र बास्कोटाले ‘नेपालमा कुष्ठ प्रभावित व्यक्तिको अवस्था र चुनौती’, कानुन समाजका विज्ञ शिशिर ढुङ्गानाले ‘नेपालमा कुष्ठ प्रभावित व्यक्तिको अधिकार तथा भावी रणनीतिको अध्ययन’ र पूर्वकानुन सचिव धनराज ज्ञवालीले ‘कुष्ठ प्रभावित व्यक्तिको लागि प्रस्तावित नीति तथा कानुन’ विषय प्रस्तुति राख्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रियसभाका सदस्यहरु, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, कुष्ठ प्रभावित व्यक्ति तथा परिवारका लागि काम गर्ने संस्थाहरुका प्रतिनिधि सहभागी थिए ।

समाजले गरेको एक अध्ययनअनुसार नेपालमा कुष्ठ प्रभावित व्यक्तिको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ । जसमध्ये ३० हजार अपाङ्गता भएको अनुमान गरिएको छ । नेपालले २०६६ साल माघ ५ गते कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याबाट निवारण भएको घोषणा गरेको थियो ।

नेपालमा कुष्ठ प्रभावित समस्या समाधानका लागि सात दशकदेखि विभिन्न प्रयास भइरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्रै दुई हजार ५२२ कुष्ठरोगका नयाँ बिरामी फेला परेका थिए । कुष्ठरोग निवारणका लागि सरकारले राष्ट्रिय कुष्ठरोग रणनीति (२०७८–२०८२) कार्यान्वयनमा ल्याएको छ । रासस