• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

लागुऔषधसहित पेस्तोल र गोली बरामद



सप्तरी । सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ । बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले बताउनुभयो ।

सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डि.सि.१०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो । गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागु औषध, पेस्तोल र गोली फेला पारेको बुढाथोकीले बताउनुभयो ।