१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा

प्रस्तावित धरान विमानस्थल क्षेत्रको रोक्का जग्गा फुकुवा
अ अ+ अ-

सुनसरी। धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ ।

धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयका कारण धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का गरिएको थियो ।

धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाका अनुसार स्थानीय जग्गाधनीको निवेदनपछि यति इन्कर्पोरेट प्रालिको नाममा रहेको जग्गाबाहेक अन्य जग्गाको रोक्का हिजो मङ्गलबारदेखि फुकुवा गरिएको छ । फुकुवासम्बन्धी निर्णय वडा नं १७ कार्यालय, मालपोत तथा नापी कार्यालयमा पठाइसकिएको कार्यवाहक नगर प्रमुख बेघाले जानकारी दिनुभयो ।

डाँडाघोपामा करिब २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब सात बिघा जग्गा खरिद गरेको थियो । निजी कम्पनीले विमानस्थल निर्माण गर्न पाउने स्पष्ट कानुनी व्यवस्था नरहेकाले विमानस्थल निर्माण अघि बढ्न सकेको थिएन । विमानस्थलका लागि सस्तो मूल्यमा जग्गा बिक्री गरेका स्थानीयले विमानस्थल नबन्ने भएपछि आफ्नो जग्गा फिर्ता हुनुपर्ने माग गर्दै आएका थिए । २२ वर्षअघि यति इन्कर्पोरेटले विमानस्थल निर्माण गर्ने योजनासहित करिब २९ घरपरिवारसँग प्रतिकट्ठा रु २८ हजारदेखि रु ३२ हजारसम्ममा जग्गा खरिद गरेको थियो ।

विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक रूपमा डाँडाघोपामा विमानस्थल निर्माण उपयुक्त नहुने निष्कर्ष निकालेपछि सो परियोजना अन्योलमा परेको थियो । पछिल्लो समय तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा पुनः अध्ययन प्रक्रिया अघि बढाइएको थियो ।

प्राधिकरणले २०८० कात्तिक २३ गते प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा वरिष्ठ कानुन अधिकृत विमल खनाल र चार्टर्ड एकाउण्टेन्ट अनिल बस्नेत सदस्य रहेको तीन सदस्यीय टोली गठन गरी अध्ययन थालेको थियो । उक्त टोलीले २०८० मङ्सिर २१ गते प्रस्तावित विमानस्थल क्षेत्रको स्थलगत अध्ययन गरेको थियो ।

सो टोलीले विगतका प्रतिवेदनलाई आधार मानेर अध्ययन गरेको । प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर–४२ क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो । हाल ७२ सिट क्षमताका जहाज सञ्चालनमा रहेकाले अझ बढी क्षेत्रफल आवश्यक पर्ने निष्कर्ष टोलीले निकालेको थियो । रासस