१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

झापा–२ मा अठार उम्मेदवार चुनावी मैदानमा

झापा–२ मा अठार उम्मेदवार चुनावी मैदानमा
अ अ+ अ-

झापा।  झापाका अन्य निर्वाचन क्षेत्रझैँ निर्वाचन क्षेत्र नं २ पनि चर्चामा छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पूर्वसभामुख देवराज घिमिरे र विभिन्न दलका पाँच प्रभावशाली महिला उम्मेदवार गरी १८ जना प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाइँ, नेकपा (माओवादी केन्द्र) बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं चुनावी मैदानमा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती पनि घरदैलो अभियानमा सक्रिय छन् ।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । जसमा पुरुष मतदाताको सङ्ख्या ७३ हजार ९५० र महिला मतदाताको सङ्ख्या ७३ हजार ५६७ छ । ‘अन्य’मा पाँचजना मतदाता छन् । निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएका छन् ।

भौगोलिक रूपमा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका केही वडा र बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रको विगत पनि रोचक छ । विसं २०४८ देखि हालसम्म यसक्षेत्रमा नेकपा (एमाले) को बलियो पकड देखिन्छ । विसं २०४८ मा देवीप्रसाद ओझा,२ ०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसक्नुभएको छ ।

यसैगरी, विसं २०६४ मा माओवादीका गौरीशङ्कर खड्का र २०७० मा कांग्रेसका सुधीरकुमार शिवाकोटी पनि यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

यस पटकको निर्वाचनमा मतदाताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा मात्र सीमित छैन । अर्जुनधारा र साविकको खुदुनाबारी गाविस क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाधनी पुर्जा वितरण मतदाताको प्रमुख माग रहेको छ ।

अर्जुनधारा–१० की गीता अधिकारी भन्नुहुन्छ, “हामीलाई पटक–पटक आश्वासन दिइयो, तर यसपटक ठोस् काम गर्ने प्रतिनिधिलाई मात्र भोट दिने सोचमा छौँ ।”

उहाँका अनुसार अधिकांश मतदाता यसपटक उम्मेदवारको अघिल्लो कार्यकालको समीक्षा गरिरहेका छन् । पूर्वसभामुख घिमिरेको संसदीय अनुभव र एमालेको सङ्गठित मत एकातिर छ, भने अर्कोतिर कांग्रेसको विरासत जोगाउने प्रसाइँको कसरत र रास्वपाकी रानामगरको नयाँ लहरले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

अघिल्लो निर्वाचनमा कम मतान्तरले परिणाम निस्किएका कारण यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने राजनीतिक विश्लेषक बताउँछन् ।

महिला उम्मेदवारको ठूलो सङ्ख्याले महिला मतदातामा उत्साह थपिएको छभने पुरानो राजनीतिक विरासत र नयाँ शक्तिबीचको यो भिडन्तले झापा–२ को नतिजा कसको पक्षमा जान्छ भन्ने चासो सबैमा देखिन्छ । रासस