१७ श्रावण २०८३, आईतवार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ–२ : कांग्रेसका उम्मेदवार पौडेललाई प्रलोपाका उम्मेदवारको साथ



अ+ अ-

बागलुङ। बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सघाउने भएको छ ।

आज ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित कार्यक्रममा प्रलोपा)का उम्मेदवार पदमबहादुर कुँवरले नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई समर्थन गरेको बताउनुभयो । आज कांग्रेसका उम्मेदवार पौडेलको घोषणापत्र सार्वजनिक कार्यक्रममा कुँवरले पौडेललाई सघाउने घोषणा गर्नुभयो ।

माओवादी केन्द्र नेकपा भएपछि कुँवर प्रलोपातर्फ लाग्नुभएको थियो । आफू उम्मेदवार बन्दा राम्रो उम्मेदवारको मत काटिएर पराजित हुनुपर्ने अवस्था आउनसक्ने भन्दै पौडेललाई सघाउने निर्णय गरेको कुँवरको भनाइ छ ।

उहाँको समर्थनसँगै प्रलोपाका नेता कार्यकर्ता भने अन्योलमा देखिएका छन् । रासस