१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गोरखामा महिला नेतृत्वमा मोडल मतदान केन्द्र सञ्चालन, शान्तिपूर्ण निर्वाचनको लक्ष्य

गोरखामा महिला नेतृत्वमा मोडल मतदान केन्द्र सञ्चालन, शान्तिपूर्ण निर्वाचनको लक्ष्य
अ अ+ अ-

काठमाडाैँ । गोरखा सदरमुकामस्थित सिटीहल मतदानस्थलमा एउटा मतदान केन्द्रमा महिला नेतृत्वमा निर्वाचन सञ्चालन हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सिटीहल मतदानस्थलको ‘क’ मतदान केन्द्रलाई मोडल बूथका रूपमा सञ्चालन गर्न मतदान अधिकृतदेखि सबै कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवक महिला मात्र खटाएको छ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार सिटीहल मतदानस्थलमा दुई मतदान केन्द्र छन् र यहाँ करिब ७०० मतदाता रहेका छन्। ‘क’ मतदान केन्द्रमा प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाकी जनस्वास्थ्य प्रशासक सिम्रन काफ्ले नेतृत्व गर्दै छ जना महिला कर्मचारी खटाइएका छन्।

हायक मतदान अधिकृतमा गोरखा जिल्ला अदालतकी नायब सुब्बा देवीकुमारी शर्मा, सहायक कर्मचारीमा बारपाक सुलिकोट गाउँपालिकाकी महिला विकास निरीक्षक इन्दिरा बराल, सामाजिक परिचालक सुनिता थापा र ढुङ्गागाढे आधारभूत विद्यालयकी शिक्षक विनु विक, तथा सहयोगी कर्मचारीमा जिल्ला सरकारी वकिल कार्यालयकी कार्यालय सहायक शान्ता थापा रहेका छन्।

सुरक्षामा पनि महिला प्रहरी परिचालन हुने व्यवस्था गरिएको छ। प्रहरी उपरीक्षक भरत विकका अनुसार महिला प्रहरी सहायक निरीक्षकको नेतृत्वमा निर्वाचन प्रहरी परिचालन हुनेछ। मुख्य निर्वाचन अधिकृत गौतमका अनुसार महिला नेतृत्वको सवलीकरणलाई प्रोत्साहित गर्न जिल्लाभरका ३३३ मतदान केन्द्रमध्ये एउटालाई नमूना मतदान केन्द्रका रूपमा सञ्चालन गर्ने नीति बनाइएको छ।

गोरखामा दुई निर्वाचन क्षेत्रमा २२५ मतदानस्थल रहेका छन् र स्थायी ३३१ तथा अस्थायी २ गरी जम्मा ३३३ मतदान केन्द्र छन्। प्रत्येक मतदान केन्द्रमा कम्तीमा छ जना कर्मचारी खटाइएका छन्, जसअनुसार कुल १,९९२ जना कर्मचारी निर्वाचनमा कार्यरत हुनेछन्। सोमबार र मङ्गलबार ६६६ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।