१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सरकारी अस्पतालमा ल्याब विस्तारदेखि कलेज स्थापनासम्म पहल गर्ने डा. कोइरालाको प्रतिबद्धता

सरकारी अस्पतालमा ल्याब विस्तारदेखि कलेज स्थापनासम्म पहल गर्ने डा. कोइरालाको प्रतिबद्धता
अ अ+ अ-

काठमाडाैँ । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डाक्टर शेखर कोइरालाले क्षेत्रीय सभालाई सम्बोधन गर्दै सरकारी अस्पतालको सेवा विस्तार, कलेज स्थापना र सुकुम्बासी समस्या समाधानका लागि ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले स्थानीय सरकारी अस्पतालमा अझै सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै विशेषगरी ल्याब र रगत परीक्षण सेवामा समस्या रहेको बताए। “सामान्य परीक्षणका लागि पनि बिरामीले बाहिर जानुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने, “आधुनिक ल्याब र रगत जाँचको पूर्ण व्यवस्था मिलाउने काम अब प्राथमिकतामा पर्छ।”

स्वास्थ्य सेवाकै सन्दर्भमा उनले आफ्नी आमाले सञ्चालन गरिरहेको संस्थामार्फत भुरिगङ्गाका हरेक वडामा मासिक रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको उल्लेख गरे। ती शिविरमा उपलब्ध सेवा–सुविधा अन्य धेरै स्थानमा समेत सहज रूपमा नपाइने दाबी उनको थियो। आगामी दिनमा यस्तो सेवामूलक कार्यलाई अझ व्यवस्थित र व्यापक बनाइने उनले बताए ।

शिक्षातर्फ संकेत गर्दै डा. कोइरालाले स्थानीयस्तरमै कलेज स्थापना गर्न पहल गर्ने घोषणा गर्नुभयो। हाल विद्यार्थीहरू उच्च शिक्षाका लागि विराटनगर जान बाध्य रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका परिवारका लागि यो ठूलो समस्या भएको बताए । “अब हाम्रो छोराछोरीले पढ्नका लागि घर छोड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने ।

सभामा उपस्थित सुकुम्बासी समुदायलाई सम्बोधन गर्दै उहाँले सुकुम्बासी समस्या देशव्यापी भए पनि स्थानीयस्तरमा निष्पक्ष समाधानका लागि आफू अग्रसर हुने बताए सम्बन्धित आयोगका केन्द्रीय सदस्यलाई क्षेत्रमै ल्याएर पारदर्शी रूपमा लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

विकास निर्माणका कामहरू जारी रहेको उल्लेख गर्दै उनले सडक, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता क्षेत्रमा भएका प्रगतिलाई निरन्तरता दिइने बताए। साथै, महिलाहरूको उल्लेखनीय उपस्थितिलाई सकारात्मक सङ्केतका रूपमा व्याख्या गर्दै महिला उद्यमशीलता प्रवर्द्धनका लागि तालिम तथा सहयोग उपलब्ध गराइने जानकारी दिए ।

उनले मतदातालाई प्रत्यक्ष र समानुपातिक दुवै तर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न आग्रह गरेका थिए । सभा उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ।