१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कानून निर्माणमा अड्कलबाजी नगर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको चेतावनी

कानून निर्माणमा अड्कलबाजी नगर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको चेतावनी
अ अ+ अ-

काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानून निर्माणलाई अड्कलबाजीको विषय बनाउन नहुने बताएका छन् ।

कुष्ठरोग सम्बन्धी गरिएको विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल सोसाइटी द्वारा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले कानून निर्माण प्रक्रियामा सम्बन्धित पक्षको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए। सहभागिता बिना बनाइने कानून कार्यान्वयनयोग्य नहुने उनको भनाइ थियो।

उनका अनुसार विगतमा अन्धविश्वासका आधारमा बनाइएका कानूनी व्यवस्थाका कारण कुष्ठरोग निवारणमा जटिलता देखिएको छ। कुष्ठरोगलाई ‘महारोग’ भन्दै छुनै नहुने रोगका रूपमा हेरिएको मानसिकताले नीतिगत दृष्टिकोणलाई प्रभावित पारेको उनले उल्लेख गरे।

“कानून निर्माणको विषयलाई अड्कलको विषय बनाइनु हुँदैन,” उनले भने, “कुष्ठरोगका विभिन्न चरण हुन्छन्, यो निको हुन सक्छ, उपचार सम्भव छ, पुनःस्थापना र सामान्यीकरण गर्न सकिन्छ। तर यी सम्भावनालाई बेवास्ता गर्दै अन्धविश्वासका आधारमा कानून बनाइयो भने त्यस्तो कानून प्रभावकारी हुन सक्दैन।”

उनले समाजमा कुष्ठरोगबारे खुला संवादको अभाव रहेको र प्रभावित व्यक्तिहरूलाई सम्मानित नागरिकका रूपमा स्वीकार नगर्दा समस्या जटिल बनेको धारणा राखे। कुष्ठरोग प्रभावित व्यक्तिहरू पनि सम्मानका साथ जीवनयापन गर्न र समाज तथा राष्ट्रका लागि योगदान दिन सक्षम रहेको कुरालाई कानूनले मान्यता दिनुपर्ने उनको जोड थियो।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठरोग निवारण सम्भव रहेको तथ्यलाई आत्मसात गर्दै अधिकारमुखी र सहभागितामूलक ढंगले कानून निर्माण गर्न राज्य अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए ।