१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत र थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस
अ अ+ अ-

काठमाडौँ। नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ ।

समीक्षा कार्यकममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराउनुभएको थियो ।

रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसिआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आइएफआरसी), ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, फिनिस रेडक्रस, स्वीस रेडक्रस र डेनिस रेडक्रसलगायतका साझेदार राष्ट्रिय सोसाइटी र नेपाल रेडक्रसका प्रतिनिधिले ‘सेफगार्डिङ’ सम्बन्धमा देखिएका चुनौती र संरक्षणका क्षेत्रमा जागरण, उजुरी सङ्कलन, समयमै सम्बोधन र सहायताका विषयलाई अबका दिनमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाल रेडक्रस ‘सेफगार्डिङ’ कार्यक्रम संयोजक सुभेच्छा मानन्धरले संरक्षण र ‘सेफगार्डिङ’ लक्षित सम्पन्न गतिविधिहरू र नेरेसो केन्द्र तथा प्रदेशस्तरीय सङ्गठनात्मक मूल्याङ्कनबारे जानकारीपश्चात् समूहगत कार्यबाट ‘सेफगार्डिङ’ प्रणाली सुढृढ गर्न रिफरल प्रणाली र गोप्य सूचनादातालाई संरक्षणको विषयमा ध्यान दिने निचोड निकालिएको छ ।

आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले विगतका संरक्षण गतिविधिबाट सकारात्मक नतिजा आएको बताउनुभयो ।

उहाँले नेपाल सरकारको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुव्र्यवहार र विभेदबाट बचाउने संस्कृति विकास गर्न तथा प्रभावित केन्द्रित अवधारणा लागू गर्न नेरेसोका सबै तहका स्वयंसेवक र कर्मचारीहरूलाई प्रेरित गरिने जानकारी दिनुभयो । नेपाल रेडक्रसले यौन शोषण, दुव्र्यवहार तथा उत्पीडन प्रति शून्य सहनशीलताको नीति लिएको छ । रासस