१७ श्रावण २०८३, आईतवार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ सिरहाको गोलबजारमा कर्फ्यु खुकुलो, बिहान १० बजेदेखि साँझ ७ बजेसम्म आवतजावत खुला नियामकीय निर्देशन उल्लंघनमा तीन बैंक कारबाहीमा, प्रभु बैंकका पूर्वसीईओलाई ५ लाख जरिवाना हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशतभन्दा बढी कालोपत्र यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ओलीद्वारा अमात्य र पन्तको किसान आन्दोलनको विरासत अघि बढाउन आग्रह पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली राष्ट्रिय कोदो दिवस : मूल्य शृङ्खला सुदृढ गर्दै रैथाने बालीको उत्पादन र बजारीकरण बढाउन जोड  मोरङमा एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसप्रति सकारात्मक माहोेल बनिरहेको छः महामन्त्री पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताउनुभएको छ ।

धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उहाँले देशभर कांग्रेसको पक्षमा सकारात्मक माहोल बनिरहेको बताउनुभएको हो ।

महामन्त्री पौडेलले देश विकासका लागि ‘भिजन १०’ का साथ अघि बढेकाले पार्टीका उम्मेदवारका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गर्नुभयो । “देशैभर सकारात्मक माहोल बनिरहेको छ, यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ”, उहाँले भन्नुभयो ।

कार्यकर्ता र आमनागरिकको अपेक्षाअनुसार कांग्रेस नीतिगत र देश बदल्ने योजनामा समेत प्रष्ट भएको उल्लेख गर्दै महामन्त्री पौडेलले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र शुभेच्छुक सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रासस