१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

दुर्गम क्षेत्र गोबरगढामा निर्वाचन लक्षित सुरक्षा

दुर्गम क्षेत्र गोबरगढामा निर्वाचन लक्षित सुरक्षा
अ अ+ अ-

सप्तरी। अगामी निर्वाचनलाई लक्षित गरेर अत्यन्तै दुर्गम क्षेत्र मानिएका सप्तरीको गोबरगढामा सुरक्षा सतर्कता बढाइएको छ ।

कोशी नदीको बीचमा अवस्थित रहेको सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा गाउँमा सुरक्षा सतर्कता बढाइएको हो ।

अतिसंवेदनशीलको सूचीमा रहेको यो ठाउँमा सुरक्षाकर्मी बढाएको प्रहरीले जनाएको छ । राजविराजस्थित बरख गणका नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीको समन्वयमा संयुक्त गस्ती बढाएको गणका प्रमुख सैनानी शोभितबहादुर चन्दले जानकारी दिनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाको गोबरगाढामा डुङ्गा चढेर कोशी तर्दै संयुक्त सुरक्षाकर्मीको टोलीले गस्ती गर्दै आएको छ । जनविश्वासमा अभिवृद्धि गर्ने तथा आसन्न निर्वाचनलाई निष्पक्ष, भयरहित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यका साथ समन्वयात्मक र सुरक्षात्मक गतिविधिहरू निरन्तर रूपमा अघि बढाइरहेको बरख गणले जनाएको छ ।

यस प्रकारको सुरक्षात्मक पहलले निर्वाचन प्रक्रियामा कुनै पनि किसिमका अवाञ्छित गतिविधि हुन नदिन सहयोग पुर्‍याउने विश्वास साथै स्थानीय समुदाय र सरोकारवाला निकायहरूसँगको सहकार्यमा शान्ति–सुरक्षा सुदृढ बनाउने कार्य निरन्तर जारी रहने बरख गणले जनाएको छ ।

यो गोबरगाढामा ४५१ पुरुष र २९७ महिला गरी ७४८ मतदाता छन् । यो ठाउँमा एक मतदान केन्द्र र एक मतदानस्थल रहेको छ । रासस