१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन आग्रह

निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन आग्रह
अ अ+ अ-

नेपालगञ्ज। निर्वाचन आचारसंहिता पालनमा गम्भीर हुन पत्रकारलाई आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ, बाँकेले आज यहाँ आयोजना गरेको ‘निर्वाचन रिर्पोटिङ र आचारसंहिता’ विषयक अन्तक्र्रियामा सरोकार भएकाहरूले निर्वाचन आचारसंहिता पालनाले पत्रकारिताको विश्वसनीयता र गरिमा बढाउने बताउनुभएको छ ।

महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आर्चायले पत्रकारितामा विवेकको प्रयोग नै आचारसंहिता पालना भएको उल्लेख गर्दै पत्रकारका समाचार, श्रव्यदृश्यलगायत सामग्रीले सामाजिक परिवर्तनमा अहम् भूमिका खेल्ने बताउनुभयो ।“पत्रकारहरू सामाजिक उत्थान र परिवर्तनका लागि लड्दै आएका छौँ, पत्रकारिता समाजमा सबैभन्दा दबिएका समुदायको आवाज मुखरित गर्ने आधार हो”, उहाँले भन्नुभयो,“त्यसैले पत्रकार आचारसंहिताका साथै निर्वाचन आचारसंहितालाई पनि ध्यान दिँदै जनताको पक्षमा काम गर्न आवश्यक छ ।”

महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले मिडिया हाउसमा चरम ‘सेल्फ सेन्सरसीप’ गर्न थालिको भन्दै मिडिया र सामाजिक सञ्जाल एउटै ‘प्लेटफर्म’ होइन भन्ने बुझेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्ङ्घ, लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइँले पत्रकार आचारसंहिता पालनाले पत्रकारलाई नैतिक आचारणमा राख्नुका साथै समाजप्रतिको दायित्वबोध गराउने बताउनुभयो ।

महासङ्घ, बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष नीरज गौतम, रुद्र सुवेदी, सचिव कृष्ण ओली, पत्रकार प्रियास्मृति ढकाल, आरिफ अन्सारी, कमल डाँगीलगायतले आफ्नो धारणा राख्नुभएको थियो । रासस