१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सम्पन्न

बागमती प्रादेशिक ललितकला प्रदर्शनी तथा सम्मेलन सम्पन्न
अ अ+ अ-

काठमाडौँ। ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ आज सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा यही फागुन ८ गतेदेखि काठमाडौँमा सम्मेलन सुरु भएको थियो । सम्मेलन समापन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको प्रचारप्रसार, नीतिनिर्माण तहमा पहुँच बढाउन सहयोग पुगेको बताउँदै ललितकलासम्बन्धी थप वैचारिक बहस गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सम्मेलनमा आएका सुझाव, जिज्ञासा र प्रश्नको अनुसन्धान, विश्लेषण र अभिलेखीकरण गरी भावी कार्ययोजना तय गरिने प्रतिबद्धता जनाउनुभयो । प्रतिष्ठानका उपकुलपति एवं बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले ललितकला क्षेत्रका नीतिगत, संरचनागत तथा कार्यक्रमगत विषयमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले कलाकार स्रष्टा मात्रै नभइ आफैमा द्रष्टा र ‘मोरल ल मेकर’ पनि भएको बताउनुभयो । उहाँले कलाकार युगको मस्तिष्क निमार्णकर्ता तथा सभ्यता, संस्कृति जगाउने पुँजी भएकाले कलाको पुनःजागरणको अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।

बागमती प्रदेश पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवनकुमार पोखरेलले प्रदेश सरकारले संस्कृतिका क्षेत्रमा गरेका कार्यहरूसँगै अन्तक्र्रिया कार्यक्रममा उठान भएका प्रश्नको जवाफ दिनुभएको थियो । उहाँले कलाले देशको परिचय जोगाउने काम गरिरहेको बताउँदै कलाका विषयमा प्रदेश सरकारले प्रतिष्ठानसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव काफ्लेले ‘ललितकला र यसको महत्त्व’, ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा यामप्रसाद शर्माले बागमती प्रादेशिक ललितकला प्रदर्शनीसम्बन्धी प्रस्तुति र लेखक अजय शर्माले ‘कलामा एआई सङ्कट कि अवसर’ विषयमा आफ्नो प्रस्तुति दिनुभएको थियो । प्रदर्शनीको कला प्रवर्द्धक नेपाल पर्यटन बोर्ड रहेको थियो । रासस