२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित विशेष स्वास्थ्य सेवा दल गठन



अ+ अ-

लुम्बिनी। आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ।

निर्वाचन अवधिमा हुनसक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेष स्वास्थ्य सेवा दल गठन गरिएको अस्पतालले जनाएको छ।

निर्वाचन अवधिमा सार्वजनिक बिदा हुने भएकाले उक्त समयमा परिचालित हुने गरी फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दलले काम गर्नेगरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो ।

अस्पतालका आकस्मिक विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट एकजना सम्पर्क व्यक्ति रहनेगरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालको नियमित सेवाबाहेक समितिले निर्वाचनको अवधिमा आइपर्ने स्वास्थ्य समस्यालाई मध्ययनजर गरी उपचार सेवामा खटिने व्यवस्था गरिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकालले निर्वाचनलाई सफल बनाउन स्वास्थ्यको क्षेत्रबाट आफूहरूले गर्न सक्ने योगदानका रूपमा यो कार्यक्रमलाई लिएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अस्पतालको तर्फबाट आवश्यक स्वास्थ्य सेवालाई उक्त अवधिमा थप प्रभावकारी बनाउन समिति गठन गरिएको बताउनुभयो । रासस