२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी



अ+ अ-

पर्सा। जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छन् ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । प्रजिअ दाहालले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आवश्यक शान्ति, सुरक्षाको रणनीति तयार पारेको बताउनुभयो ।

“हामीले अहिलेसम्म १६५ मतदानस्थलको अनुगमन र निरीक्षण गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “बाँकी रहेका दुई मतदानस्थलको पनि छिट्टै अनुगमन गर्नेछौँ ।” प्रजिअ दाहालले भयरहित र शान्तिपूर्ण निर्वाचन गराउन सबै निकायले हातेमालो गरेर अघि बढ्नका लागि आह्वान गर्नुभएको छ ।

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तोकिएको ती मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ भने ८५ संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ ।

क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् । जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।

यहाँ चारवटा निर्वाचन क्षेत्र रहेका छन् । यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० मतदान केन्द्र रहेका छन् । त्यस्तै क्षेत्र नं ३ र ४ मा ११४ मतदान केन्द्र तोकिएको छ । पर्सा जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन् ।

तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् । रासस