२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीले बगाएर वृद्धाको मृत्यु



अ+ अ-

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ ।

मोदीवेणी धामामा बस्दै आउनुभएकी पर्वतको फलेवास नगरपालिका–९ भँगराकी ९७ वर्षीया वृद्धा सावित्री गिरीको मृत्यु भएको हो । आज कालीगण्डकी नुहाउन किनारमा पुग्नुभएकी वृद्धालाई नदिले बगाएको थियो ।

नदीले बगाएलगत्तै उद्धारमा खटिएको सशस्त्र प्रहरी बल २५ नम्बर हेडक्वाटर चण्डिका र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजी गर्दा झण्डै ४०० मिटर तल बगरमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

मृतक वृद्धाको शव परीक्षणका लागि पर्वत अस्पतालमा राखिएको छ ।रासस