१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना

प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
अ अ+ अ-

काठमाडौँ। डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीलाई सामना गर्न नेपाल प्रहरीले छुट्टै ‘एआई एन्ड एड्भान्स्ड एनालिटिक्स’ (एआई सेल) स्थापना गरेको छ ।

सामाजिक सञ्जालमा पोष्ट हुने गलत सन्देश, सामग्रीको निगरानी व्यवस्थापन गर्ने उद्देश्यले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा स्थापना भएको सेलको आज गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले एआई सेलले गर्ने काम र भावी कार्ययोजनाबारे जानकारी लिँदै विशेषगरी निर्वाचनसम्बन्धी गलत, भ्रामक र मित्था सूचनाको नियमन गरी निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न आग्रह गर्नुभयो ।

मन्त्री अर्यालले एआई सेलले सामाजिक सञ्जालको माध्यमबाट हुने जुनसुकै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको उपस्थिति रहेको थियो ।

डिजिटल माध्यमबाट हुने अवाञ्छित गतिविधिलाई निगरानी गर्न र कानुनी उपचार खोज्नका लागि प्रहरीले प्रविधिमैत्री संयन्त्र बनाएको त्यस अवसरमा जानकारी दिइयो । आगामी दिनमा हुने सम्भावित जोखिम न्यूनीकरण र नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाएर सुरक्षा व्यवस्थापनमा सहयोग पुगोस् भन्ने हेतुले एआई सेल स्थापना गरिएको प्रहरीले जनाएको छ ।

संवेदनशील तथा महत्त्वपूर्ण क्षेत्रमा जडान गरिएका सिसी क्यामेराबाट ‘डेटा’ लिएर प्रवृत्तिको विश्लेषण गरिने जनाइएको छ ।

डिजिटल युगमा छिटो सूचना प्रवाह गर्ने प्रतिस्पर्धाका कारण समाजमा नकारात्मक असर परिरहेकातर्फ ध्यान दिँदै प्रहरीले ‘मिसइन्फर्मेसन’, नियोजित रूपमा फैलाइने ‘डिस्इन्फर्मेसन’, ‘डिपफेक’ र ‘हेट स्पिच’ जस्ता समस्या, एआईको दुरुपयोग र डिजिटल ‘म्यानिपुलेसन’बाट सिर्जित झुटा सामग्रीहरू सबैको साझा चिन्ताको विषय बनेकोसमेत जनाएको छ । रासस