२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँः पुष्पा भुसाल



अ+ अ-

ललितपुर। नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गर्नुभएको छ ।

नमूना महिला सञ्जाल गोदावरीले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित महिला भेलामा उहाँले ललितपुर क्षेत्र नं १ मा धेरै उम्मेदवार भए पनि सबैको पृष्ठभूमि हेरेर मतदान गर्न आग्रह गर्नुभयो ।

उपसभापति भुसालले आफ्नो पार्टीले अगाडि सारेको उम्मेदवार उदयशम्शेर राणा दाग नलागेको, भ्रष्टाचारविरोधी र इमान्दार रहेको दाबी गर्नुभयो । उहाँले राणाको नेतृत्व र निष्ठामाथि कसैले औँला ठड्याउन नसक्ने भन्दै उहाँको विजय नै यस क्षेत्रको विकासको आधार भएको उल्लेख गर्नुभयो ।

कांग्रेस बदलिएर आएको र देशको नेतृत्व गर्न पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको भन्दै उपसभापति भुसालले राणाको जितले यस कार्यमा बल पुग्ने धारणा राख्नुभयो । रासस