२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध



अ+ अ-

सुदूरपश्चिम। आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनामा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका कैलाली जिल्लाका सम्पूर्ण सीमानाकामा यही फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शबवाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावारीसाधनबाहेक अन्य सवारीसाधन सञ्चालन निषेध गरिएको उल्लेख छ । रासस