१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु

मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण सुरु
अ अ+ अ-

बाँके। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि प्रशिक्षण कार्यक्रम आजदेखि यहाँ सुरु भएको छ ।

बाँकेका प्रमुख निर्वाचन अधिकृत दीपककुमार दाहालले प्रशिक्षणको शुभारम्भ गर्दै अपेक्षा नगरेको समयमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनुपरेकाले यसको भरपूर सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचनलाई तनावका रूपमा लिन हँुदैन । कठिनाइ आउन सक्छन्,तर त्यसको व्यवस्थापन गर्न सिक्नुपर्छ, जान्नुपर्छ र गर्नुपर्छ । निर्वाचनलाई सफल पार्न सबैले लाग्न जरूरी छ ।”

प्रमुख निर्वाचन अधिकृत दाहालले केन्द्रमा आउने अशक्त, अस्वस्थ र ज्ेष्ठ नागरिकलाई सहज रूपमा मतदान गर्ने अवस्था बनाउन ध्यान दिन आग्रह गर्नुभयो । “सबैलाई सहज रूपमा मतदान गर्ने र निर्वाचन प्रक्रियामा सहभागी हुने अवस्था बनाउने दायित्व हामी सबैको हो । खास गरी मतदान सम्पन्न गर्न जिम्मेवारी तोकिएका व्यक्तिले आचरण र अनुशासनलाई ख्याल गर्नुपर्छ”, उहाँले भन्नुभयो,“आचरणको विषय निर्वाचन कसुरसँग जोडिएको छ । त्यसको उल्लंघन भएमा विभागीय कारबाहीसँगै निर्वाचन कसुरमा कारबाही हुन्छ ।”

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतले निर्वाचन आचारसंहिता पालना गरे वा नगरेको बारे निगरानी हुने बताउनुभयो । उहाँले मतदातामध्ये अनुपस्थित मतदाताको पनि मतदान गर्ने चेष्टा हुनसक्ने भएकाले त्यसमा सर्तकता अपनाउन आग्रह गर्दै निर्वाचनको कार्यविधिअनुसार कडाइ गर्न निर्देशन दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी तामाङले सुरक्षा संवेदनशीलालाई ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको उल्लेख गर्दै मतदानस्थलमा मतदानको वातावरण निर्माण गर्न स्थानीय तहको वडा कार्यालयबाट प्राप्त हुने स्रोतसाधनको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार सय तीन मतदान केन्द्र रहेका छन् । यी मतदान केन्द्रमा आठ सय मतदान अधिकृत तथा सहायक मतदान अधिकृत परिचालन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यही फागुन १४ गतेसम्म हुने प्रशिक्षणमा १६० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सहभागी हुनुभएको छ । प्रशिक्षण चरण चरणमा हुने र नमूना मतदान अभ्याससमेत गरिने निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । रासस