१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक

वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक
अ अ+ अ-

काठमाडौँ। सरोकार भएकाहरूले वैदेशिक रोजगारमा जाने श्रमिकलाई सबै सेवा सुविधा एकीकृत प्रणालीमार्फत वितरण गर्नुपर्ने सुझाव दिएका छन् ।

स्वास्थ्य परीक्षण, स्वास्थ्य बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवाको एकद्वार प्रणाली लागू गर्दा श्रमिकको समय र खर्चको बचत हुने उहाँहरूको धारणा छ ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले आज काठमाडौँमा आयोजना गरेको ‘वैदेशिक रोजगारमा श्रमिकको सहजतासम्बन्धी निजी क्षेत्रको धारणा’ विषयक छलफलमा निजी, सरकारी क्षेत्र र वैदेशिक रोजगार व्यवसायी एवं विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूबीच विचारविमर्श भएको थियो ।

छलफलमा राष्ट्रिय जीवन बिमा कम्पनीका सहायक व्यवस्थापक सुजितप्रसाद साहले वैदेशिक रोजगारमा जाने श्रमिकले अनिर्वाय बिमा गर्नुपर्ने भनिए पनि श्रमिकले पर्याप्त जानकारी नपाउँदा पूर्ण रूपमा लागू हुन नसकेको बताउनुभयो । उहाँले वैदेशिक रोजगार व्यवसायीले बिमा गरिए पनि श्रमिकलाई त्यसको फाइदा र बेफाइदा नै थाहा नपाउने चुनौती रहेको बताउनुभयो ।

राष्ट्रिय व्यवसाय सीप प्रशिक्षण प्रतिष्ठानका बोर्ड सदस्य विष्णुगोपाल गड्तौलाले २०६० सालदेखि वैदेशिक रोजगारमा जाने श्रमिकलाई अभिमुखीकरण तालिम दिने व्यवस्था सुरु भएको बताउँदै वर्तमान अवस्थामा आइपुग्दा समयसापेक्ष पाठ्यक्रम परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । सरकारलाई पटकपटक पाठ्यक्रम परिमार्जन गर्न दबाब दिइएको भन्दै उहाँले प्रशिक्षणमा शिक्षकहरूको अभाव भए पनि पहिलाभन्दा तालिम प्रभावकारी बनाउने प्रयत्न गरिएको जानकारी दिनुभयो ।

नेपाल मेडिकल व्यवसायी सङ्घका प्रतिनिधि निपोन शेरचनले खाडी मुलुकमा जाने श्रमिकलाई गर्मीको समस्याले गर्दा केही महत्त्वपूर्ण जाँच अनिवार्य गर्नुपरेको बताउनुभयो । यसकारण ३८ प्रकारका स्वास्थ्य परीक्षण मापदण्ड अनिवार्य भएको उहाँले खुलाउनुभयो । आप्रवासी महिला कामदार समूहका प्रतिनिधि विजया श्रेष्ठले सरकारले अनिवार्य गरेको बिमा, सामाजिक सुरक्षा कोषलगायत सेवा वितरण एउटै प्रणालीबाट लागू हुनसके श्रमिकले कठिन प्रक्रिया झेल्नु नपर्ने बताउनुभयो । श्रमिकले सजिलै सेवा पाउन डिजिटल प्रणाली अब्बल बनाउनु आवश्यक रहेको उहाँको सुझाव थियो ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका पूर्वकार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले वैदेशिक रोजगारलाई श्रमिकमैत्री बनाउन एकीकृत सेवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै स्थानीय सरकारको श्रम रोजगार नीति बनाउने प्रक्रियामा सुरु भएको जानकारी दिनुभयो ।

सञ्जालका उपाध्यक्ष चाँदनी राणाले सुरक्षित, मर्यादित र सम्मानित वैदेशिक रोजगार व्यवसाय बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजको ऐक्यबद्धता जरूरी रहेको बताउनुभयो । रासस