१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

राजनीतिकदलद्वारा निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध

राजनीतिकदलद्वारा  निर्वाचन अचारसंहिता पालना गर्ने प्रतिबद्ध
अ अ+ अ-

सुनसरी। अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचका लागि जारी भएको अचारसंहिता पूर्ण रुपमा कार्यान्वन गर्नेमा सुनसरीका राजनीतिकदलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार सम्पन्न भएको सर्वदलीय बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि जारी भएको निर्वाचन अचारसिंहता पूर्ण रुपमापालना गर्ने विभिन्न राजनीतिकदलले सहमति जनाएका छन् ।

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि चुनावमा होमिएका राजनीतिकदलले आ–आफ्नो ठाउँबाट जिम्मेवारी निर्वाह गर्ने, फागुन १२ गतेभित्र निर्वाचन अचारसंहिता विपरीत प्रचार, ब्यानर हटाउने, नहटाएको कानुनबमोजिम कारबाही गर्ने, प्रचारप्रसारमा डिजे प्रयोग नगर्ने र सामाजिक सद्भाव कायम गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षाकर्मी तयार रहेको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसबाट जिल्ला सभापति केदार भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव राम कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट जिल्ला सभापति सागर दाहाल, जसपाबाट महेन्द्र यादव, जिल्लाका सम्पूण सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

जिल्लामा निर्वाचनका लागि आवश्यकपर्ने सामग्री आइसकेको जानकारी दिइयो । निर्वाचनका लागि चाहिने आवश्यक मतपत्रसहित विभिन्न प्रकारका निर्वाचन सामग्री सुनसरी आइपुगेको र सम्बन्धित निर्वाचन क्षेत्रमा पु¥याउने कार्यसमेत गरिरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । सुनसरीमा ४ निर्वाचन क्षेत्रमा १६७ मतदानस्थल रहेको छ । रासस