५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छः अध्यक्ष यादव



फाइल फोटो
अ+ अ-

सप्तरी। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताउनुभएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पथरगाडामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घीयताको जननी नै मधेश प्रदेश भएकाले मधेशको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा सङ्घीयता स्थापित भएको स्मरण गराउनुभयो ।

“सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,” सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आज मतदातालाई सम्बोधन गर्दै भन्नुभयो, “तर मधेश जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।”

सप्तरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका अध्यक्ष यादवले सङ्घीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्ति सङ्घीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।

“मुलुकमा संङ्घीयता धानिएकै मधेश प्रदेशको दृढ अडानको कारणले हो । मधेशले आवाज उठाएन भने सङ्घीयता केवल कागजमा सीमित हुनेछ । अधिकारको रक्षा गर्न मधेश सधैँ अग्रपङ्क्तिमा उभिएको छ,” अध्यक्ष यादवले भन्नुभयो । मधेशको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः सङ्घीयता कमजोर पार्ने प्रयास भएको उहाँले स्पष्ट पार्दै भन्नुभयो, “मधेश कमजोर भयो भने सङ्घीयता रहँदैन । त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको आवश्यकता हो ।”  रासस