१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रूसमाथि इयूको प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी

रूसमाथि इयूको प्रतिबन्धको प्याकेज रोक्ने हङ्गेरीको चेतावनी
अ अ+ अ-

बुडापेस्ट। रुसविरुद्ध युरोपेली सङ्घ (इयू) को प्रतिबन्धको पछिल्लो प्याकेज रोक्ने हङ्गेरीले आइतबार चेतावनी दिएको छ ।

“जबसम्म युक्रेनले हङ्गेरी आपूर्ति गर्ने पेट्रोलियम पदार्थको प्रमुख पाइपलाइन पुनः खोल्दैन, इयूको प्रतिबन्धको पछिल्लो प्याकेज रोक्नेछ
,” हङ्गेरीका प्रधानमन्त्रीले आइतबार भन्नुभयो ।

“प्रतिबन्धहरूको लागि हङ्गेरीको कुनै समर्थन छैन; रूसविरूद्ध इयूले लगाउने घोषणा गरेको २० औँ प्रतिबन्ध प्याकेज अस्वीकार गरिनेछ,” प्रधानमन्त्री भिक्टर ओर्बानले एक्समा लेख्नुभएको छ।

“जबसम्म युक्रेनले ड्रुज्बा पाइपलाइन मार्फत हङ्गेरी र स्लोभाकियामा तेल ट्रान्जिट पुनः सुरु गर्दैन, हामी किएभका लागि महत्त्वपूर्ण निर्णयहरू अगाडि बढ्न दिनेछैनौं,“ विदेश मन्त्री पिटर सिजार्टोले एक्समा पोस्ट गरेको एक सन्देशमा भनिएको छ।

स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्याउन आफ्नो क्षेत्र पार गर्ने ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणबाट क्षतिग्रस्त भएको युक्रेनले बताएको छ ।

फेब्रुअरीको सुरूमा इयूले रूसको बिरूद्ध नयाँ प्रतिबन्धहरू प्रस्ताव गरेको थियो । बैंकिङ र ऊर्जा क्षेत्रहरूलाई लक्षित गर्दै सन् २०२२ फेब्रुअरी २४ मा रूसले युक्रेनमा आक्रमण गरेपछिको यो इयूको २० औँ प्याकेज हो ।

युरोपेली आयोगले उसको व्यापार प्रतिरक्षा उपकरणलाई पनि सक्रिय गर्न चाहन्छ । यी उत्पादनहरू रूसमा पुनः निर्यात हुने उच्च जोखिम रहेको जनाउँदै इयूले पहिलो पटक सबै मेशिन उपकरण र रेडियो उपकरणको निर्यातमा प्रतिबन्ध लगाउन चाहेको छ।

नयाँ प्रतिबन्धहरू लागू हुनु अघि इयूका सबै २७ सदस्य राष्ट्रहरूले आफ्नो स्वीकृति दिनुपर्छ । रासस