१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

शान्तिको एउटै प्रश्न : मेरो नागरिकता कहिले ?

शान्तिको एउटै प्रश्न : मेरो नागरिकता कहिले ?
अ अ+ अ-

विराटनगर। अहिले देशभरको माहोल चुनावले रङ्गिएको छ । चुनावको उत्साहपूर्ण माहोलमा निवार्चन क्षेत्र नं ४ मा पर्ने विश्वकर्मा चोकमा बसोबास गर्दै आएकी शान्तिकुमारी चौधरी भने निरश मुद्रामा भोट माग्न आउने नेताको दैनिक पखाईमा हुनुहुन्छ ।

नेता घरदैलो कार्यक्रममा भोट माग्न आए यसो भन्छु, उसो भन्छु भन्ने उहाँको केही सोच छैन । न त कुन पार्टीबाट को नेता उम्मेदवार छन् भन्ने जानकारी नै छ । मात्र उहाँको चाहना आफ्नो लागि नागरिकताको पहल गरिदिए हुन्थ्यो भन्ने रहेको छ ।

गत स्थानीय चुनावमा जस्तै यसपटकको चुनावमा पनि भोट माग्न आउँदा नेतालाई आफ्नो अवस्थाको बारेमा बेलिविस्तार लगाउने र नागरिकताको माग गर्दा सुनिदिहाल्छन् कि भन्ने अझै झिनो आशा छ शान्तिको मनमा । यही झिनो आशाले उहाँको ध्यान आफ्नो घर अगाडिको सडकमै घुमिरहन्छन् तर बिहान बेलुका मात्र घर बस्ने शान्तिको अहिलेसम्म प्रत्यक्ष भोट माग्न आउने नेतासँग भेट हुन सकेको छैन ।

टोलमा दिनहुँ माइकिङ हुन्छन्, भाषण हुन्छन् अनि चुनावी प्रचारप्रसारका लागि दैनिक गाडी ओहोररदोहोर भइरहन्छन् । शान्ति १५ वर्षीया अपाङ्गता भएकी छोरीलाई घरमै छोडेर हतारहतार बाहिर निस्कनुहुन्छ उताउति हेर्नुहुन्छ र छिमेकीलाई सोधिहाल्नुहुन्छ, कोही उम्मेदवार आएका हुन् ? छिमेकी लक्ष्मी बेचना सांकेतिक भाषामा मुन्टो हल्लाउँदै नआएको बताउनुहुन्छ । निरस हुँदै शान्ति भन्नुहुन्छ, “आए भने नागरिकताको माग राखिदिनु है बढिआमा ?”

शान्तिलाई गाउँको विकास निर्माणको बारेमा त्यति धेरै चासो छैन, केबल छ त नेपाली नागरिक बन्ने झिनो आश । अन्य समस्याको लागि बोल्ने छिमेकी छन्, समाज छ, तर मेरो लागि बोलिदिने को छ ? आजभन्दा १२ वर्ष अगाडि पेटमा आठ महिनाको छोरो हुर्कदैथियो, जतिबेला शान्तिका श्रीमानले अर्की महिलालाई दोस्री श्रीमती बनाएर भारतको दरभङ्गा भगाएर लगेका थिए । दुई वर्ष यतै बेपत्ता भए । जुन दिन श्रीमान्ले घर छोडे, त्यसै दिनदेखि उनले घर मात्र छोडेनन्, शान्तिको हात पनि छोडे, छोराछोरीको जिम्मेवारीवारीबाट पूर्णरुपमा अलग भए ।

दिपक, कुस्मी, सुप्रिया र रोहित शान्तिका चार सन्तान छन् । चारै सन्तानको अभिभावकत्व र जिम्मेवारी १३ वर्षदेखि अर्काको घरमा भाडा माझेर उहाँले पूरा गर्दै आउनु भएको छ । बालबच्चालाई बिहानको खाना खुवाएर अर्काको घरमा भाडा माझ्न निस्कनु उनको बाध्यता हो । चार घरको जुठा भाँडा मोलेरै उहाँले छोराछोरीको लालनपालन गर्दै आउनु भएको छ । १७ वर्षीया छोरी कुस्मी न बोल्न सक्छिन् न त हिँडडूल गर्न नै । महिनावारी चक्र सुरु भइसकेको छ । बिहान सेनेटरी प्याडको रुपमा कपडा लगाइदिएर घरको पिंडीमा छोडिदिएर उहाँ काममा जानुहुन्छ ।

पहिले त शान्तिको परिवार राम्रैसँग चलिरहेको थियो । श्रीमान् राजमिस्त्रीको काम गर्थे । काकी सासुको घरमा मिलेर बसेको थिए । श्रीमान्ले जिम्मेवारीबाट हात धोई बेपत्ता भएपछि काकी सासुको घरमा पनि बस्ने वातावरण रहेन । काकी सासुले घर खाली गर्दिनुभन्दा शान्ति एक महिनाकी सुत्केरी हुनुहुन्थ्यो ।

एक महिना समय मागेर उहाँ कामको खोजीमा निस्किनुभयो । सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खाएर आराम गर्नु त परको कुरा, अबोध बालबालिकालाई के खुवाउने भन्ने चिन्ताले सुत्केरी अवस्थामै कामको खोजीमा रन्थनिएर घरघर चाहरेको हिजो जस्तै लाग्छ । छोराछोरी हुर्कदै गए, समय परिवर्तन भयो तर उहाँको दुखिया जीवन जस्ताको त्यस्तै छ । कान्छो छोरो नै हाल ११ वर्ष पुगिसकेका छन् तर उनको नागरिकताको लफडा भने अहिलेसम्म जहाँको त्यहीँ छ ।

शान्ति सानै हुँदा बाबुको मृत्यु भयो । बुबाको नागरिकता थिएन । त्यसैले उहाँको नागरिकता बन्न सकेन । श्रीमान्को तर्फबाट पनि नागरिकता बन्न सकेन । छोराको नागकिता बनाइदिन पाए रोजगारिको लागि विदेश पठाइदिन हुन्थ्यो भन्ने उहाँको सोचाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘मेरो नागरिकता मात्र बनाउन पाए छोरालाई रोजगारीको लागि बाहिर पठाइदिन्थें, नत्र छोराछोरीको भविष्य मेरोजस्तै अन्धकार रहने भयो ।’’

यता विराटनगर महानगरपालिका–८ का वडाध्यक्ष राम पोखरेल भने शान्तिको समस्या व्यक्तिगत मात्रै नभई संरचनागत भएको बताउनुहुन्छ । “नागरिकता नपाएकी महिला, एकल महिला र अपाङ्ग सन्तान भएकाको समस्या हाम्रो वडामा मात्र होइन, धेरै ठाउँमा देखिन्छ,” पोखरेल भन्नुहुन्छ, “कागजात, टोलीको उपस्थिति, कानुनी प्रक्रियाले समस्या जटिल बनेको छ । वडाबाट हुने सिफारिस र समन्वयको काम हामीले गर्दै आएका छाँै ं।” उहाँका अनुसार वडा कार्यालयले शान्तिको विवाह, श्रीमान्को नागरिकता र बालबच्चाको जन्मदर्ताका आधारमा सबै कानुनी प्रक्रिया पूरा गरी सिफारिस तयार गरिदिएको छ ।

शान्तिको नागरिकताका लागि आवश्यक ‘सनाखत’ दिन उहाँका श्रीमान् रामा मुखिया मञ्जुर भएपछि वर्षौँदेखि श्रीमानको उपस्थितिको अभाव र असहयोगका कारण रोकिएको नागरिकता प्रक्रिया अब एउटा निर्णायक विन्दुमा भने पुगेको छ । वडाध्यक्ष पोखरेल भन्नुहुन्छ, “हामीले वडाबाट हुने सबै सिफारिस र समन्वयको काम गरेर फाइल जिल्ला प्रशासन कार्यालयमा पठाइसकेका छौँ ।”जिल्ला प्रशासन कार्यालयले अहिले श्रीमानको मतदाता परिचयपत्र मागेपछि प्रक्रिया पुनःअलमलिएको छ । श्रीमान्को सनाखत र नागरिकता हुँदाहुँदै मतदाता परिचयपत्र माग्नुले शान्तिको आशामा फेरि बादल मडारिएको छ ।

शान्ति चौधरीको यो सङ्घर्ष केबल उनको व्यक्तिगत पीडा मात्र होइन, यो नेपालको नागरिकता कानुनको विकासक्रमसँग जोडिएको एउटा प्रतिनिधि घटना हो । नेपालमा आमाको नामबाट नागरिकता दिने कानुनी बहसको औपचारिक सुरुवात २०६३ सालको अन्तरिम संविधानबाट भएको हो । सो संविधानले पहिलोपटक ’आमा वा बाबु’ मध्ये एकको नामबाट नागरिकता प्रदान गर्न सकिने संवैधानिक व्यवस्था गरेको थियो । यस संवैधानिक व्यवस्थालाई व्यवहारमा उतार्न सर्वोच्च अदालतको एउटा ऐतिहासिक फैसलाले निर्णायक भूमिका खेल्यो ।

यस संवैधानिक प्रावधानलाई थप कार्यान्वयन गर्न २०८० सालमा नागरिकता ऐनमा महत्वपूर्ण संशोधन गरियो । अहिलेको संशोधित कानुनले आमाको नामबाट नागरिकता लिन ‘स्वघोषणा’ को प्रावधानलाई कानुनी मान्यता दिएको छ । यदि कुनै व्यक्तिको बाबुको पहिचान हुन सकेको छैन भने आमाले मेरो सन्तानको बाबुको पहिचान हुन सकेको छैन भनी स्वघोषणा गरेमा सन्तानले वंशजको नागरिकता पाउँछन् । यो व्यवस्थाले शान्तिजस्ता हजारौँ महिलालाई आफ्ना सन्तानलाई परिचय दिलाउन सहज बनाएको छ । रासस