६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण छः प्रदेश प्रमुख मियाँ



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायको अधिकार स्थापित गर्न मुस्लिम आयोगको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आज मुस्लिम आयोगको गत आर्थिक वर्ष २०८१/८२ को सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उहाँले अधिकार संरक्षणका लागि आयोगले थप भूमिका बढाउनुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायका नागरिक क्रमिक रूपमा अधिकारसँग जोडिँदै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय आयोगले सञ्चालन गरेका गतिविधिहरू प्रशंसनीय छन् । प्रतिवेदनमा समेटिएका विषयबारे प्रदेशसभामा समेत छलफल हुन्छ । देखिएका समस्या समाधानमा प्रदेश सरकारले आवश्यक भूमिका खेल्छ ।”

प्रदेश प्रमुखसमक्ष आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । कार्यवाहक अध्यक्ष अलीले गत वर्ष सञ्चालन गरिएका कार्यक्रम र प्रभावबारे जानकारी गराउनुभएको थियो ।

प्रतिवेदनमा आयोगका गतिविधि, वार्षिक कार्यक्रम, समस्या तथा मुस्लिम समुदायसम्बन्धी तथ्याङ्क समावेश गरिएका छन् । रासस