१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन

बदर मत घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन
अ अ+ अ-

स्याङ्जा। जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले बदर मतको सङ्ख्या घटाउन गाउँगाउँमा स्वयम्सेवक परिचालन गरेको छ ।

जिल्लामा दुई निर्वाचन क्षेत्रअन्तर्गत ११ स्थानीय तहका ९७ वडा रहेका छन् । यसअघिका निर्वाचनमा हुँदै आएको बदर मत घटाउन स्वयम्सेवकमार्फत गाउँगाउँमा मतदाता शिक्षा सञ्चालन गरिएको हो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाले बदर मत घटाउन  ९७ वटै वडामा एक÷एक जना स्वयम्सेवक परिचालन गरिएको जानकारी दिनुभयो । “जिल्लाका ९७ वटै वडामा मतदातालाई मतदान गर्ने तरिका सिकाउने गरी एक÷एक जना स्वयम्सेवक परिचालन गरेका छौँ,” उहाँले भन्नुभयो, “तोकिएका स्वयम्सेवकले आ–आफ्नो वडाका टोल, समूह अथवा घरघरमै पुगेर मतदान गर्ने तरिकाबारे जानकारी दिनेछन् ।”

तोकिएका स्वयम्सेवकले जिम्मेवारीअनुरुप कार्य गरे–नगरेको अनुगमनका लागि प्रत्येक स्थानीय तहमा एक÷एक जना निर्वाचन सम्पर्क व्यक्ति तोकेर मतदाता शिक्षालाई प्रभावकारी बनाउने काम भइरहेको कार्यालयले जनाएको छ ।

जिल्लामा यसअघिका निर्वाचनमा औसतमा चार प्रतिशत मत बदर हुने गरेको थियो । कार्यालय प्रमुख थापाले भन्नुभयो,“निर्वाचनमा चार प्रतिशतसम्म मत बदर हुनु भनेको ठूलो सङ्ख्या हो  । त्यसैले गाउँ तथा टोलटोलमा नमूना मतपत्र, स्वस्तिक छापसहित खटिएका स्वयम्सेवकले मतको सदुपयोग तथा सदर मतका लागि सहजीकरण गर्नेछन् । आशा गरौँ यसपटक बदर मत घट्ने छ ।”

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा करिब दुई हजार कर्मचारी तथा ९०० स्वयम्सेवक खटिने छन् । यस्तै, जिल्लामा एक हजार ९४७ सुरक्षाकर्मी खटिने छन् ।

जिल्लामा एक सय ९९ मतदानस्थल र ३२२ मतदान केन्द्र रहेका छन् । पाँच सयभन्दा धेरै मतदाता भएका केन्द्रमा छ जना कर्मचारी र तीन जना स्वयम्सेवक रहनेगरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।  रासस