१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने

व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने
अ अ+ अ-

सप्तरी। स्थानीय प्रशासनले आसन निर्वाचनलाई लक्षित गरी व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरा बिक्री गर्नेलाई कारबाही गरिने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको सरोकार भएकाहरूको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित तवरबाट सम्पन्न गर्न यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

जिल्लास्थित खुद्रा मदिरा पसलहरूले व्यवसाय दर्ता प्रमाणपत्रबिना घरेलु मदिरासमेत बिक्री वितरण गरिरहेको सूचना प्राप्त भएको अवस्थामा उक्त मदिरा जफत गरी नष्ट गर्नुका साथै प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा बिक्रेताहरूले मदिरा बिक्री वितरण गर्न पाउने समय साँझ ७ः०० बजे र होटल तथा रेष्टुरेन्टहरूमा सेवन गर्ने समय बढीमा सटर बन्द गर्ने गरी ८ः०० बजेसम्म मात्र रहने निर्णय गरेको प्रजिअ पोखरेलले बताउनुभयो ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा रहेका मिठाई पसलले उपभोक्ताको स्वास्थ्यमा असर गर्ने रङ्ग प्रयोग गरी सामान उत्पादन गर्ने कार्यको  यकिन गरी अत्यधिक रङ्ग र अखाद्य रङ्ग भएको भए जफत गरी कारबाही गर्ने निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको  छ  ।“यसका साथै यहाँका पान पसल, किराना पसललगायत स्टोरमा इजाजतपत्रबिना सुर्तीजन्य पदार्थको बिक्रीवितरण भइरहेको जनगुनासो आएको छ । यस सन्दर्भमा अनुगमन अगाडि बढाउने र यस्तो पाइए आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको छ”, प्रजिअ पोखरेलको भनाय छ ।

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ अनुसार शिक्षण संस्था (विद्यालय, कलेज), स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरूबाट कम्तीमा १०० मिटरको दूरीभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरण गरेको पाइएमा सोही ऐनबमोजिम आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको छ ।  रासस