१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले

पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले
अ अ+ अ-

काठमाडौँ।  नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गर्नुभयो । उहाँले डिस्कोर्डबाट गठित सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति बजनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाबाट आएको वक्तव्यलाई सुनेर लोकतन्त्र नै समस्यामा छ भन्ने भाष्य बनाइनु हुँदैन । अहिले निर्वाचनको समयमा घटेका घटनाको आधारमा चिन्ता र चासोका विषयहरुलाई अन्यथा पनि लिनु हुँदैन । आज यो लोकतन्त्रमा समस्या छ भने तत्कालीन राजाभन्दा पनि अहिलेको अराजकता र त्यसको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुन काम भइरहेको छ । यसबाट नै लोकतन्त्र खतरमा छ जस्तो अनुभुति हुन्छ । काँग्रेस–एमालेको सरकारको क्रममा भएको जेनजी आन्दोलनमा जुन किसिमको क्षति भयो । त्यसको भोलिपल्ट हाम्रा सम्पदा जले, कयौँले मृत्युवरण गरे ।’

उहाँले आउने निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेको कारण जेन–जी विद्रोह भएको बताउनु भयो । आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उहाँको भनाइ छ । पछिल्लो समय देशमा देखिएको प्रवृत्तिलाई परास्त गर्न र संविधान तथा व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्तिलाई स्थापित गर्न निर्वाचन महत्वपूर्ण अवसर भएको उहाँको तर्क छ । नेता पराजुलीले मतदातालाई लोकतान्त्रिक मूल्य, सत्य र संवैधानिक व्यवस्थाको पक्षमा उभिन आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका हुन् । असत्यको प्रवृत्तिका विरुद्धमा जनता जागेका हुन् । त्यसो भएको कारण यो निर्वाचन असत्यलाई पराजित गर्नको निम्ति र मुलतः ओलीहरुको प्रवृत्तिहरुलाई हराउनका निम्ति निर्वाचन भइरहेको हो भन्ने कुरा हामीले छुटाउनु हुँदैन । जुन प्रवृत्ति पछिल्लाो समय देशमा देखा पर्यो यो निर्वाचनबाट त्यो प्रवृत्ति परास्त हुन्छ । यो निर्वाचनबाट संविधान र व्यवस्थाको संरक्षण गर्ने राजनीतिक दलहरुलाई निर्वाचनबाट जनातले स्थापित गर्नेछन् भन्ने ठानेको छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो ।

भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिनुको आशंका रास्वपाले गरेको बताउनु भयो । भट्टराईले भदौ २४ को बिध्वंसभन्दा पहिले भदौ २३ आएको विषयलाई नबिर्सन आग्रह गर्दै केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी छानविन समितिको रिपोर्ट सार्वजनिक नहुनुमा कतै बार्गेनिङ त भइरहेको छैन भन्ने शंका रास्वपालाई छ । यो सरकार, छानविन समिति र एमालेको बीचमा कुनै बार्गेनिङ पो छ कि ? निर्वाचनभन्दा अगाडि छानविन प्रतिवेदन आयो भने तिनै नेता देखिने भएको कारण प्रतिेवेदन सार्वजनिक भइरहेको छैन ।

एउटा झण्डा जलाएको कुरामा त यस्तो गरिरहेका छन् उनीहरुकै नेतालाई जेल पुया¥यो भने त निर्वाचन हुन के दिन्थे ? त्यसकारण भाद्र २२ पहिला आएको भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । तर धिक्कार छ यो देशमा यस्ता पार्टीहरु पनि छन् जसले जेनजी विद्रोहलाइृ आतंकवाद देख्छ ।’

उहाँले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल