२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेवारिस बनेको पन्च, टेडी नै बन्यो उसको संसार



अ+ अ-

जन्मिएको केही दिनमै आमाबाट टाढिएर सहाराविहीन बनेको एक फुच्चे बाँदर (जसलाई पन्च नाम दिइएको छ) को भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। आमाको माया महसुस गर्न नपाएको फुच्चे बाँदरले एउटा गुडियामा स्नेह खोजिरहेको दृश्यले धेरैलाई भावुक बनाएको छ।

यो भिडियो Ichikawa City Zoo मा हुर्किरहेको जापानी बाँदर ‘पन्च’ को हो। गत वर्ष जुलाईमा चिडियाखानामा जन्मिएको पन्चलाई आमाले छाडिदिएपछि त्यहाँका कर्मचारीले हेरचाह गरिरहेका छन्।

आमाले छाड्दा ऊ एक हप्ताको थियो। सुरुमा कर्मचारीहरूले उसलाई अन्य बाँदरहरूसँग घुलमिल गराउने प्रयास गरेका थिए। तर अन्य बाँदरहरूको समूहले कुटपिट गर्न थालेपछि र बेवास्ता गरेपछि त्यो प्रयास सफल हुन सकेन।

भावनात्मक असर कम गर्न र उसलाई एक्लोपन महसुस नहोस् भनेर कर्मचारीहरूले उसलाई ठूलो ओराङ्ओटान जस्तै देखिने गुडिया दिएका थिए। अहिले त्यही गुडिया उसको सबैभन्दा प्रिय साथी बनेको छ।

ऊ दिनहुँ त्यही टेडीलाई अँगालो हाल्छ। टेडी पाएदेखि ऊ त्यसैसँग सुत्छ, खान्छ र खेल्छ। चिडियाखानाका उबडखाबड ठाउँहरुमा यताउता गर्दा ऊ त्यही गुडियालाई घिसारेर यताउता, तलमाथि गरिरहन्छ ।

बिबिसिका अनुसार, बेलायतको स्टोक-अन-ट्रेन्ट नजिकैको वन्यजन्तु संरक्षण केन्द्रमा कार्यरत लभाटले “उसले ग्रुमिङ (एक–अर्काको रौं सफा गर्ने सामाजिक व्यवहार) गर्न सुरु गरेको देख्नु निकै सकारात्मक छ। यही प्रक्रियाबाट यी प्राइमेटहरूले आफ्नो समूहभित्रका अन्य बाँदरहरूसँग मित्रता बनाउन थाल्छन्।”

Photo: BBC News

Video Source: BBC.COM