२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माध्यमिक परिक्रमाको सातौँदिन : यात्री ध्रुवकुण्ड पुग्दै



अ+ अ-

महोत्तरी। पन्ध्र दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन ध्रुवकुण्ड पुग्दैछन् ।

गत बिहीबार यात्राको चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्री मटिहानी, जलेश्वर र मडैको रात्रिबास सकेर आज सातौँ दिन बलवा नगरपालिका–९ स्थित ध्रुवकुण्ड पुग्दैछन् ।

अहिले ध्रुवकुण्डदेखि मडैसम्मै यात्रीको अटुट पङ्क्ति देखिँदो छ । आज मध्याह्नअघि सबै यात्री ध्रुवकुण्ड आइपुग्ने छन् ।

ध्रुवकुण्ड अघि सत्ययुगमा राजा उत्तानापादका छोरा राजकुमार ध्रुवले कठोर तपस्या गरेका ठाउँ मानिन्छ । हिन्दू धर्मग्रन्थहरूले ध्रुवलाई भगवान् विष्णुका २४ अवतारमध्ये एक मानिदा यो ठाउँ धार्मिक आस्थाको केन्द्र बनेको छ ।

यात्रीसँगै मिथिलाविहारी श्रीराम र श्री किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोली विश्रामस्थल आइपुगेपछि डोलाको दर्शन गर्न श्रद्धालु जम्मा हुन्छन् । प्रत्येक विश्रामस्थलमा भजनकीर्तनको परम्परा छ भने धार्मिक मेला लाग्ने गर्छ ।

ध्रुवकुण्डको रात्रिबासपछि भोलि यात्री आठौँ दिनको विश्रामका लागि कञ्चनवन प्रस्थान गर्नेछन् । कञ्चनवन यात्राको महोत्तरीमा पर्ने अन्तिम विश्रामस्थल हो । यहाँबाट नवौँ दिन यात्री धनुषातिर प्रस्थान गर्नेछन् । यो यात्रा प्राचीन मिथिलाको राजधानी जनकपुरलाई मध्य केन्द्र बनाई १३३ किलोमिटर बृत्तमा गरिन्छ । यस यात्राका १५ रात्रि विश्रामस्थलमा महोत्तरीमा पाँच, धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार छन् ।

फागुन औँसीका दिन प्रारम्भ भई पूर्णिमासम्मको यो यात्राको ध्येय मानव कल्याण रहेको बताइएको छ । रासस