५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

अमेरिका–इरान घनिष्ट मित्र अहिले कसरी शत्रु बन्न पुगे ? यस्तो छ ईतिहास…

अमेरिका–इरान घनिष्ट मित्र अहिले कसरी शत्रु बन्न पुगे ? यस्तो छ ईतिहास…
अ+ अ-

काठमाडौं । अमेरिका र इरानबीच सम्बन्धले मध्यपूर्व तनाबग्रस्त बनेको छ । कुनै समय अत्यन्तै सौहाद्र र घनिष्ट मित्र रहेको दुई राष्ट्रबीचको सम्बन्ध किन र कसरी यति धेरै तनाबपूर्ण अवस्थामा पुग्यो त ? इरान र अमेरिकाबीचको अहिलेको तनाब तेलको कारोबार, शीत युद्ध, मध्य पूर्वमा शक्ति संघर्ष र बन्धकको घटनाबाट प्रेरित रहेको बुझिन्छ ।

सम्बन्ध बिग्रिएको त्यो वर्ष: सन् १९८० देखि इरान र अमेरिकाबीच कुनै कुटनीतिक सम्बन्ध छैन् । पाकिस्तानले अमेरिकामा इरानको सन्देश वाहक र मध्यस्तताकर्ताको प्रतिनिधित्व गर्छन् भने स्वीटजरल्याण्डले इरानमा अमेरिकी मध्यस्तकर्ताको। १९७९ मा इरानी क्रान्तीले इरानका तात्कालीन राजा मोहम्मद रेजा पहल्भीलाई सत्ता च्युत गरेपछि इरान र अमेरिकाबीच सौहाद्र, दृढ र विश्वासिलो रहेको सम्बन्ध चिसिन सुरु भएको थियो ।

१६ जनवरी, १९७९ मा मोहम्मद रेजा निर्वासनमा जानुभयो । र अमेरिकाको विश्वास पात्र मोहम्मद रेजाको बर्हिगमनसँगै अयातोल्लाह रुहोल्लाह खमोनीलाई इरान आउन आग्रह गरियो । क्रान्ती चर्किदै जाँदा ११ फेब्रुअरी १९७९ मा राजसंस्था फालियो । र अमेरिकाको कट्टर विरोधी खामोनीको युग सुरु भयो ।

इरानमा बेलायती युग र पतन:दोस्रो विश्व युद्ध अघि इरानमाथि बेलायतको प्रभुत्व थियो । तात्कालीन समयमा ‘एन्ग्लो इरानियन ओयल कम्पनी’ मार्फत् बेलायतले प्रभुत्व कायम गरेको थियो । तर दोस्रो विश्व युद्धले बेलायतलाई नराम्ररी कमजोर बनायो । प्राध्यापक मेलकम बर्न भन्छन्, “बेलायती अर्थतन्त्र तहसनहस भयो र उसले आफ्नो विदेशी कार्यक्रम र सुविधामाथि आश्रित हुनुपर्यो ।” उनी जर्ज वाशिंगटन विश्वविद्यालयको गैर सरकारी राष्ट्रिय सुरक्षा संग्रहालयका उपनिर्देशक हुन । उनका अनुसार इरान उसको सबैभन्दा बढी चासोको क्षेत्र थियो, बेलायत इरानमाथि निर्भर रहयो ।

अमेरिकाका प्रवेश: त्यसै समयमा उत्तरी इरानमा रुसको संलग्नता र उपस्थिति अमेरिकाको लागि चिन्ताको विषय थियो । उत्तर पश्चिम इरानमा वर्चश्वतालाई लिएर पश्चिम र पूर्वी पहाडमा अमेरिका र रुसबीच रेखा कोरिएको थियो । डर्हम विश्वविद्यालयका अन्तर्रा्ष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक अनश एहतेशमी भन्छन्, “सोभियत संघले इरानी भूमी छोड्न अस्वीकार गरेको अवस्थामा नयाँ चासो बल्झायो ।”

अमेरिकाको अस्थिर रणनीतिले रुसी सीमा राखिराख्न र तेलको नियमित आयात जारी राख्न इरानका शाहमाथि अविश्वास उत्पन्न गरायो । उक्त विवाद यथावत् रहँदा सन् १९५१ मा राष्ट्रवादी छबीका मोहम्मद मोसाद्देह इरानका ३५ औं प्रधानमन्त्री नियुक्त भए । “मोसाद्देह बेलायतमाथि नभई इरानमाथि विश्वास गर्नुहुन्थ्यो र इरानको तेलमाथि इरानकै स्वामित्व चाहनुहुन्थ्यो ।”, डर्हम विश्वविद्यालयका प्राध्यापक एहतेशमी बताउछन् ।

१९५१ मै मोसाद्देहले तेल कम्पनीलाई राष्ट्रयीकरण गरे । उनको उक्त कदमले अमेरिका रातोपिरो भयो । पश्चिमा भने मोसाद्देहलाई पश्चिमा चासोको खतराको रुपमा देख्यो । र त्यत्तिबेला देखि नै अमेरिका र बेलायतले मोसाद्देहको सरकार थोरै अवधिका लागि रहेको सुनिश्चिततामा पुग्यो ।
तर सन् १९५२ मा बेलायत इरानबाट फालियो ।

सफल अमेरिकी नीति: अमेरिकी जासुसी संस्था सीआइए ले मोसाद्देहलाई हटाउन आन्तरिक कसरत सुरु गर्यो । मोसाद्देह प्रधानमन्त्रीको कार्यालयबाट बाहिर निकालियो र मोहम्मद रेजा शाहलाई पुर्नस्थापित गराइयो । साइराकस विश्वविद्यालयका इतिहासविद् ओसामा खलिल भन्छन्, “तेलको चासो वा इरानमा कम्युनिष्ट शासनको स्थापना भई मध्यपूर्व नै कम्युनिष्टमय हुने डर अमेरिकामा देखियो ।” मोसाद्देहको निकालापछि अमेरिकाले पहिलाभन्दा निकै बढी रुपमा इरानको तेलमाथि विशेष चासो सुरु गर्यो ।

अमेरिकाले नाफाको ४० प्रतिशत पाउने भयो । उक्त घटनापछि मोहम्मद रेजा पहल्भी शाह र अमेरिका दुबैले आआफ्नो स्वार्थमा स्थिरता देखे । शाहको शासनकालमा दुबैबीचको मित्रता अत्यन्तै विश्वासिलो हुन गयो । उक्त मित्रताकै जगमा अमेरिकाको हावर्ड विश्वविद्यालयले शाहलाई मानार्थ उपाधि समेत दियो ।

खलिलका अनुसार सन् १९६० र १९७० को सुरुवाती चरणमा भियतनामको युद्धले थला परेको अमेरिकाले विश्वमाथि नै आफ्नो चासो प्रभावकारी रुपमा सन्तुलनमा राख्न नसकिने सोचमा पुग्यो । तेलको बढ्दो मूल्यसँगै इरानका शाहले अमेरिकाबाट भारी मात्रामा हतियार आयात गर्न थाल्यो । जसले इरानको अर्थतन्त्रमा ठूलो अस्थिरता निम्त्यायो ।

इरानी राजा विरुद्ध जनमत र अमेरिकालाई चुनौती: गाउँ देहातबाट शहरमा बसाइ सर्ने क्रम सुरु भयो । शाह भने बिस्तारै सर्वसाधारणको स्वतन्त्रता हनन गर्ने दिशामा उन्मुख भए । खलिल भन्छन्, “शाह विरुद्ध बोल्नेलाई सजाय दिइन्थ्यो, यातना दिइन्थ्यो ।” सन् १९७० को उत्तराद्र्ध्तिर शाह विरुद्ध नाटकीय जनमत तयार भयो । सन् १९७९ मा जनक्रान्ति सुरु भयो । भारी संख्यामा सर्वसाधारण सडकमा उत्रिए ।

शाह अमेरिका भाग्न बाध्य भए । शाहले बनाएको शपूर बख्तियारको संक्रमणकालीन सरकार वा प्रतिपक्षीलाई सहयोग गर्ने विषयमा अमेरिका ठूलो द्विविधामा पर्यो । इरानी जनताले भने रेजा शाहलाई फाँसी दिन अमेरिकालाई सुर्पुदगी गर्न माग गरे । प्राध्यापक एहतेशमीले उक्त समय नै अमेरिका र इरानबीचको सम्बन्धको सबैभन्दा संक्रमणकालीन समय भएको बताउछन् ।

अमेरिकाले बिर्सन नसकेको त्यो घटना: शाहलाई बुझाउन शर्त तेस्र्याउँदै ४०० सशस्त्र इरानी छात्रले ५२ जना अमेरिकी कुटनीतिज्ञलाई बन्धक बनाए । रेजा शाह अमेरिकामा क्यान्सरको उपचार गराइरहँदा कुटनीतिज्ञहरुलाई ४४४ दिन बन्धक बनाइयो । राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ जनवरी, २०२० का दिन दिनुभएको अभिब्यक्तिले पनि अमेरिकाले अझै उक्त घटना स्मरण ताजै राखेको महसुस गराउँछ । राष्ट्रपति ट्रम्पले इरानको ५२ स्थललाई लक्षित गरेको बताएका थिए । उक्त संख्या इरानले सन् १९७९ मा बन्धक बनाएको अमेरिकी कुटनीतिज्ञको संख्या हो ।

दशकौंदेखि आफूले सहकार्य र विश्वास गरेको शाह मोहम्मद रेजा पहल्भीलाई संरक्षण गर्ने नैतिक दायित्वको जगमा उभिदा अमेरिका र इरानबीच रेखा कोरियो । त्यसपछि अमेरिका र इरानबीचको कटुता बढ्दो छ । गोरखापत्र दैनिकबाट

(स्रोत वेभसाइट तथा न्यूज एजेन्सीहरू)