१७ श्रावण २०८३, आईतवार
,
Latest
आन्तरिक पर्यटन व्यवस्थापन र उच्च उचाइको जोखिम न्यूनीकरणमा जोड : मन्त्री रिमाल नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार ब्रड पिक हिम पहिरो : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न स्थानीयबासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनेबारे इप्पानको काठमाडौंमा ३० दिने फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न ‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त नयाँ पुस्ताले अग्रजको योगदान र इतिहासको सम्मान गर्न नसक्नु लज्जास्पदः पूर्वप्रधानमन्त्री नेपाल श्रावण २४ मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन



अ+ अ-

बाँके। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

चालु आव २०८२÷८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकामा माघ मसान्तसम्ममा मात्र रु ११ अर्ब चार करोड ६५ लाख ८५ हजार अर्थात् लक्ष्यको ४५.०१ प्रतिशत असुली भएको भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । उहाँका अनुसार लक्ष्य पूरा गर्न बाँकी रहेका पाँच महिनामा ५५ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ ।

भन्सार कार्यालयको मासिक लक्ष्यअुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्लन हुनसकेको छैन । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । आव २०८१÷८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने आव २०८०÷८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

नेपाल–भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको भन्सार प्रमुख पौडेको भनाइ छ । उहाँले चालु आवको सात महिनामा गत आवको सात महिनाको तुलनामा रु नौ करोड २४ लाखभन्दा बढी राजस्व सङ्लन भएको उल्लेख गर्दै लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन वृद्धि हुने क्रममा रहेको बताउनुभयो । गत आवको सात महिनामा नेपालगन्ज नाकाबाट रु १० अर्ब ९५ करोड ४१ लाख ८४ हजार राजस्व सङ्कलन भएको थियो ।

नेपालगन्ज भन्सारमा चालु आवको साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, असोजमा रु एक अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १६ लाख पाँच हजार, कात्तिकमा रु दुई अर्ब १२ करोड ६१ लाख ३० हजार लक्ष्य रहेकामा रु एक अर्ब ५३ करोड ७० लाख ८२ हजार, मङ्सिरमा रु एक अर्ब ९६ करोड ३६ लाख १४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६३ करोड ८५ लाख १० हजार, पुसमा रु दुई अर्ब तीन करोड ४५ लाख २१ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६९ करोड ४४ लाख १३ हजार र माघमा रु एक अर्ब करोड ६९ लाख ४० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७० करोड एक लाख ८२ हजार राजस्व सङ्कलन भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आव २०८१÷८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत र माघमा ७५.१३ प्रतिशत राजस्व सङ्कलन भएको थियो । रासस