११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ
अ अ+ अ-

कञ्चनपुर। असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह छ ।

शान्तिसुरक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आज छ बुँदे निर्देशन जारी गर्दै कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सबै सरोकार भएका निकायलाई संयमता अपनाउन र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ । प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “आचारसंहिता–२०८२ को पूर्णपालना गर्न तथा उल्लङ्घन गतिविधि भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दछौँ ।”

होली मनाउने नाममा भीडभाड हुने कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने, सार्वजनिक स्थानमा होहल्ला तथा चर्को आवाजमा ‘डिजे’ बजाउन नपाइने र छरछिमेकलाई असर पर्ने गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ । साथै, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने कार्य पूर्णतः निषेध गरिएको प्रशासनले जनाएको छ । मादक तथा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने, जबरर्जस्ती वा अमर्यादित व्यवहार गर्नेलगायत गतिविधिमा संलग्न भए कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

निर्वाचन सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई अवरोध वा दुःख दिने कार्य नगर्न विशेष आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन र पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको उल्लेख छ । रासस