११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ
अ अ+ अ-

काठमाडौँ। प्रहरीले काठमाडौँको टोखा नगरपालिका–९ स्थित गेष्ट हाउसबाट अवैध लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा पर्सा धोवनी गाउँपालिका–२ का ३५ वर्षीय अरबिनकुमार मेहता र नुवाकोट बेलकोटगढी नगरपालिका–१ का २९ वर्षीय निरोज पुडासैनी रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम १८ मिलिग्रामसहित पक्राउ गरेको हो ।” उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने विभिन्न सवारी साधनका सात जना चालकलाई नियन्त्रणमा लिएको छ । काठमाडौँको नागढुङ्गामा गरिएको लापसे चेकिङमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात जना चालकलाई नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल प्रहरी अस्पतालको प्राविधिक टोली सहितको सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुधौषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा सात जना चालक फेला पारी नियन्त्रणमा लिएको हो ।”

नियन्त्रणमा लिइएकाहरूमा यात्रुवाहक हाइस चालक तीन जना, यात्रुवाहक बस चालक दुई जना, ट्रक चालक एक जना र पिकअप भ्यान चालक एक जना रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ । रासस